प्रतिभा लामाको “आमा” प्रतिको सच्चा प्रेम
May 3, 2019 | Gyanlama | 12:10 pm


आमा संसारकै महान, तिम्रो त्यो विशाल स्पन्दनमा निस्वार्थ प्रेमको धड्कन धड्किरहेको हुन्छ । हर मौनतामा तिम्रो न्यानो उपस्थितले खुशीको लहरहरु सन्तानको मुहारमा चम्काइदिइकी हुन्छौं, आफ्नो भौतिक आवश्यकताहरुलाई विश्राम लिई सन्तानको हर क्षेत्रलाई भरिभराउ गर्न तिमी दिनरात जुटिरहेकी हुन्छौ, छोराछोरीको हर नैराश्यता र एकात्मकतालाई बुझी उनीहरुमा मनोबैज्ञानिक उपचार दिने तिमी मलम बनिदिन्छौँ,
मेला पाखा खेतिपाती जताततै जाँदा तिम्रो त्यो मनसपटलमा सन्तान प्रति जिम्मेवारीको गीत गुन्जिरहेको हुन्छ, सन्तानको उकुसमुकुसतामा आफ्नो भोक तिर्खा प्यास बिनाको सास बोकि तिमी उनिहरुको अक्सिजन बनिदिन्छ, छोराछोरीको चुनौतीहरुलाई मध्यनजर गरि हर पाइलामा सफलताको इट्टा थपी तिमी उनीहरुको जीवनको लक्ष्य निर्धारक बनिदिन्छ ।
आमा तिमी मेरो जिन्दगीको प्रेरणाको खानी , मेरा हर कठिनाईलाई निराकरण गरी मेरो जिबनलाई खास बनाईदिने उर्जाको स्रोत खोइ कसरी बयान गरु म तिम्रो त्यो त्याग र तपस्याहरुलाई , बयान गर्ने ति शब्दहरु नेपाली शब्दकोषमा अपुग नै हुन्छ ।
सन्तानको रिस,क्रोध, आवेग र घमण्डलाई हाँसीहाँसी सहर्ष स्विकार्दै प्रेम रूपी माहोल सिर्जना गर्ने आमा तिमी कति सहनशील छौँ हई ?
आमा म तिम्रो त्यो अजम्वरी प्रेम, मोह, त्याग, परित्याग सहानुभूति, जिम्मेवारी र समर्पण प्रति सदैव ऋणी रहनेछु ।
                                    (मेरी प्रिय आमा प्रति समर्पित )
                                       आमा दिवसको शुभकामना सम्पुर्णमा
                                         प्रतिभा लामा (Sabi Tamang )

थप समाचारहरु

Latest News