“छार ग्यालम” हेर्न दर्शकको ओइरो !!!
April 30, 2019 | Gyanlama | 3:39 am


काेशीपारी फिल्मस् प्रा. लि. काे व्यानरमा निर्माण भएकाे तामाङ कथानक चलचित्र ‘छार ग्यालम’काे आज राष्ट्रिय नाचघर जमलमा विशेष प्रिमियर शाे सम्पन्न भएकाे छ । पूर्व उद्याेग मन्त्री नविन्द्रराज जाेशीकाे प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेसका यूवा नेता तिर्थ लामा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, तामाङ चलाचित्र संघ नेपालका अध्यक्ष विकु थाेकर, नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवा , नायक आमिर दाेङ, नायिका रन्जिता ब्लाेन, ‘ल्हुइ ह्राे’ तामाङ कथानक चलचित्रका नायक तथा निर्देशक विनायक तामाङ अतिथिका रूपमा रहेका थिए ।

लामाे समय देखि पत्रकारिताकाे माध्यमबाट तामाङ चलचित्र क्षेत्रमा याेगदान पुर्याउदै अाउनु भएका तामाङ चलचित्र संघ नेपालका महासचिव जयन कुमार माेक्तानलाइ अायाेजकले सम्मान गरेका छन् । प्रमुख अतिथि नविन्द्र राज जाेशीले तामाङ समुदायले चलचित्रकाे माध्यमबाट आफ्नाे भाषा, धर्म, संस्कुतिकाे संरक्षणका लागि अहम भूमिका निर्वाह गरेकाे बताउनु भयाे ।

एकले अर्काकाे भाषालाई सम्मान गरी धर्म र संस्कृतिकाे संरक्षणमा तामाङ समुदायले निर्माण गरेका चलचित्रहरुले थप टेवा पुग्ने प्रमुख अतिथि नविन्द्र राज जाेशीको दाबी रहेको छ । विशेष अतिथि पूर्व सांसद तिर्थ लामाले समुदायकाे चेतना अभिवृद्धि गर्नका लागि तामाङ कथानक चलचित्र ‘छार ग्यालम’ले महत्वपुर्ण भुमिका खेल्ने दाबी गर्नु भयाे ।

तामाङ समुदायले छाेटाे समयमा चलचित्रकाे क्षेत्रमा प्रगति गरेकामा गाैरव लागेकाे आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवारले बताउनु भयाे । कार्यक्रममा छिट्टै नै हलमा गएर तामाङ चलचित्र हेर्न पाउने तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरले जानकारी दिनु भएकाे छ । copy https://sarakhabar.com/

थप समाचारहरु

Latest News