व्हाम्सी एदाको म्युजिक भिडियो सार्वजनिक सङ्गै गायक तथा सङ्गीतकार निमा दोङको जन्मोत्सवको रौनक !!!
April 26, 2019 | Gyanlama | 1:25 pm


ज्ञान लामा STAR ONLINE MEDIA
बहु प्रतीक्षीत तामाङ मेलोडी गीत `व्हाम्सी एदा´ बोलको गितको म्युजिक भिडियो आज भक्तपुरमा रहेको शुभकामना पार्टि प्यालेसमा एक कार्यक्रमका बिच हाइलाइट नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त कार्यक्रममा सपना लामाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा तामाङ चलचित्र जगतका वरिष्ठ अभिनेत्री चादनी मोक्तान, सुपरस्टार नायक तथा तामाङ चलचित्र संघका उपाध्यक्ष कुमार मोक्तान तामाङ, सुपरस्टार नायक अमिर दोङ, गायक तथा संगीतकार फुलकुमार बोम्जन, तामाङ चलचित्र जगतकी चर्चित नायीका रोश्नी ब्लोन, चर्चित गायक तथा संगीतकार विशाल काल्तान, म्हेन्दो माया गायक तथा संगीतकार रोशन फ्युबा तामाङ, निर्देशक अजय स्याङ्तान, गायक सुक्र लामा, मोडल तथा मिडियाकर्मी कर्मा लामा लगायत उल्लेख्य पत्रकार, सन्चारकर्मी, गायक गायीका, चलचित्र कर्मी, लगायत अन्य आमन्त्रित दर्शक पाहुनाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै पत्रकार बिकाश देब तामाङले गीत सोचेको भन्दा धेरै राम्रो भएको र आफुले प्रचार प्रसारको निम्ति बनाएको सानो भिडियोले नै सारा दर्शकहरुको मन जित्न सफल भएको बताउनु भयो । साथै उहाले खुलेरै गायक गायिका सर्जक अनि मोडलहरुको प्रशंसा गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङ समुदायमा यति राम्रो गीत सृजना हुनु तामाङ समुदायको लागि अहोभाग्य रहेको बताउनु भयो । यश गित बाट तामाङ साङ्गीतीक क्षेत्रमा एउटा इट्टा थपेको बताउनु हुँदै उहाले खुलेरै यश गीतलाई शुभकामना सङ्गै कलाकार साथिहरुको प्रसंशा गर्नु भयो ।

भिडियो सार्बजनिक कार्यक्रममा म्युजिक भिडियो सार्बजनिक भैइसके पश्चात् सार्बजनिक भएको गीतका गायक तथा संगीतकार निमा दोङको जन्म दिनको केक काटेर शुभकामना आदान प्रदान कार्यक्रमले अझ कार्यक्रमको रौनकता बडाएको थियो । दोङको जन्म दिनमा उहाँको दाजुले उहालाई जन्म दिनको शुखद उपलक्ष्यमा जन्म दिनको उपहार स्वरुप गितार प्रदान गर्नु गर्नु भएको थियो । साथै उत्त जन्मोत्सव समारोहमा गायक तथा संगीतकार निमा दोङको आपाआमा, उहाको जीवन साथी, उहाको एक सन्तान छोरो सहित उहाको आफन्त जनको पनि बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार सुदिन दोङले सन्चालन गर्नु भएको थियो भने जन्म जन्मोत्सवको अबसर पारी सम्पुर्ण आमन्त्रित पाहुनाहरुलाई चिया पान र केकको समेत व्यवस्था गरिएको थियो ।

सार्बजनिक भएको म्युजिक भिडियोमा निमा दोङ र जितु लोप्चनको सुमधुर स्वर रहेको छ भने ज्ञान दास तामाङले यस गीतलाई लेख्नु भएको छ । निमा दोङको संगीत रहेको यस गीतमा अजय स्याङ्तानको कोरियोग्राफी सम्पादन र निर्देशन रहेको छ । सपना लामाले निर्माण गर्नु भएको यस गीतमा मोडल तथा नायक हिरा लाल ह्योल्मो र निरन्जली लामाको मुख्य अभिनय रहेको छ । यस गीतलाई एतिहासेकी स्थल शैलुङ आसपासमा सुटिङ गरिएको हो ।

थप समाचारहरु

Latest News