यस्तो वन्यो चलचित्र “ल्हुई ह्रो ” को एक शिर्ष गित र दुई अफिसियल ट्रेलर !!!
April 25, 2019 | Gyanlama | 3:45 am


STAR ONLINE MEDIA
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा हिजो तामाङ कथानक चलचित्र ’ल्हुई ह्रो’ को पत्रकार सम्मेलन काठमाण्डौको सत्कार नेपाली भान्छाघर ठमेलमा सम्पन्न भएको छ । पत्रकार सम्मेलन मार्फत तामाङ कथानक चलचित्र ल्हुई ह्रो को शिर्ष गित ल्हुइ ह्रो धोसी बोलको गीत र चलचित्रको दुई वटा अफिसियल ट्रेलर नायक तथा निर्देशक बिनायक तामाङको कालिदेवी मिडिया हाउसको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ, साथै चलचित्रलाई जेठ ४ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिने पनि पत्रकार सम्मेलन मार्फत जनाईएको छ । चलचित्र त्रिकोणत्मक प्रेम कथा, पारिवारिक र अन्य तामाङ चलचित्र भन्दा अलि पृथक चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र पृथक कथामा निर्माण भएको हुँदा दर्शकहरुले यस चलचित्रलाई अत्याधिक रुचाउने निर्देशक तथा नायक विनायक तामाङको जानकारी दिनुभयो । कार्यक्रमममा तामाङ संस्कृति र संस्कारलाई प्रवर्द्धन गर्ने उदेश्यले निमार्ण गरेको तामाङ कथानक चलचित्र भएको हुनाले “ल्हुई ह्रो” चलचित्र नेपाली भाषामा डबिङ गरेको भएता पनि तामाङ कथानक चलचित्र भनेर प्रचार–प्रसार गर्दा केही फरक नहुने तामाङ चलचित्र संघ नेपालका अध्यक्ष विकु थोकरले बताउनु भयो ।
कार्यक्रममा तामाङ चलचित्र संघ नेपालका अध्यक्ष विकु थोकर, विकास ब्लोन, आसमान वाईवा, दिपा लामा लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो । तामाङ समुदाय र आम नेपाली समाजमा भएका विकृति र विसङ्गतीको विरुद्घमा आवाज उठान गर्नका लागि यो चलचित्रले राम्रो सन्देश जाने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्रिकोणात्मक प्रेम कथामा आधारित भएकोले “ल्हुई ह्रो” चलचित्र अहिलेका नयाँ पुस्ताले पनि रुचाउने नायिका संगीता दोङले दाबी गर्नुभयो ।

चलचित्र काभ्रे, सिन्धुपाल्चोक ,सिन्धुली, काठमाडौं पोखराका पर्यटकीय स्थलहरुमा छायंकन गरीएको छ । चलचित्रमा सेरप लोप्चनको कथा तथा बिनायक तामाङको निर्देशन रहेको छ भने रुपेश थिङ र दिपिका लोप्चनको पट्कथारसम्बाद रहेको छ । रेशम दर्लामी मगरले छायांकन गर्नु भएको यश चलचित्रमा राजु किरातको द्वन्द तथा सागर लाम गोलेको नृत्य निर्देशन रहेको छ । प्रतीक मोक्तान र कुमार स्यङ्बाको शब्द रहेको यस चलचित्रका गितहरुमा प्रयास दोङ र कमल तामाङको संगीत रहेको छ । सन्च कुमारीले निर्माण गर्नु भएको यस चलचित्रमा समीर लामा र ध्रुब सिङ तामाङको पनि निर्माण सहयोग रहेको छ । शोभितमान लामाले समेत यस चलचित्रमा निर्माण सहयोग गर्नु भएको छ । चलचित्रमा बिनायक तामङ, संगीता दोङ, ध्रुब छिरिङ तामाङ, सन्च कुमारी तामाङ, पुर्ण तामाङ, सुर्य माईकल, बुद्ध तामाङ, ईरमान तामाङ दोङ, बिजय तामाङ, कुइसाङ रुम्बा अर्जुन श्रेष्ठ र कुमार तामाङ रहेका छन ।
भिडीयो हेर्नुहोस;


थप समाचारहरु

Latest News

shares