तामाङ कथानक चलचित्र “ल्हुइ ह्रो”को भोलि प्रेस मिट, शीर्ष गित र दुई ट्रेलर सार्वजनिक हुने !!!
April 23, 2019 | Gyanlama | 4:10 pm


ज्ञान लामा STAR ONLINE MEDIA
धेरै समय प्रतीक्षा गरिएको कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको नायक तथा निर्देशक बिनायक तामाङको तामाङ कथानक चलचित्र `ल्हुई ह्रो´ जिन्दगीको साथीको पत्रकार सम्मेलन भोलि अर्थात बैशाख ११ गते बुधबार काठमाडौको ठमेल स्थित सत्कार नेपाली भान्छा घर पिपल बोटमा दिउँसो १ बजे हुने भएको छ । पत्रकार सम्मेलन तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने `ल्हुई ह्रो´ टिम ले जनाएको छ । पत्रकार सम्मेलन मार्फत चलचित्रमा समाहित ल्हुई ह्रो को शिर्ष गित `ल्हुइ ह्रो धोसी´ बोलको गित र चलचित्रको दुई वटा अफिसियल ट्रेलर नायक तथा निर्देशक बिनायक तामाङको आफ्नै मिडिया हाउस कालिदेवी मिडिया हाउसको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरीने चलचित्र ल्हुई ह्रो का नायक तथा निर्देशक बिनायक तामाङले बताउनु भयो । उत्त कार्यलाई सफल पार्न हुन ल्हुई ह्रो टिमले सम्पूर्ण कलाकार तथा पत्रकारहरूलाई निमन्त्रणा गर्नु भएको छ भने ल्हुई चलचित्र टिमका सम्पुर्ण कलाकारहरूलाई अनिबार्य उपस्थितको लागि अनुरोध समेत गर्नु भएको छ ।

चलचित्रमा सेरप लोप्चनको कथा तथा बिनायक तामाङको निर्देशन रहेको छ भने रुपेश थिङ र दिपिका लोप्चनको पट्कथा/सम्बाद रहेको छ । रेशम दर्लामी मगरले छायांकन गर्नु भएको यश चलचित्रमा राजु किरातको द्वन्द तथा सागर लाम गोलेको नृत्य निर्देशन रहेको छ । प्रतीक मोक्तान र कुमार स्यङ्बाको शब्द रहेको यस चलचित्रका गितहरुमा प्रयास दोङ र कमल तामाङको संगीत रहेको छ । सन्च कुमारीले निर्माण गर्नु भएको यस चलचित्रमा समीर लामा र ध्रुब सिङ तामाङको पनि निर्माण सहयोग रहेको छ । शोभितमान लामाले समेत यस चलचित्रमा निर्माण सहयोग गर्नु भएको छ । चलचित्रमा बिनायक तामङ, संगीता दोङ, ध्रुब छिरिङ तामाङ, सन्च कुमारी तामाङ, पुर्ण तामाङ, सुर्य माईकल, बुद्ध तामाङ, ईरमान तामाङ दोङ, बिजय तामाङ, कुइसाङ रुम्बा अर्जुन श्रेष्ठ र कुमार तामाङ रहेका छन ।

थप समाचारहरु

Latest News

shares