रोशी महाभारत समृद्धि अभियान क्लबको बृहत साकृतीक कार्यक्रमको तयारी अन्तिम चरणमा !!!
April 8, 2019 | Gyanlama | 12:30 pm


ज्ञान लामा STAR ONLINE TV
नयाँ बर्ष २०७६ को शुभकामना सङ्गै “रोशी महाभारत समृद्धिका लागि हाम्रो अह्वान, रोशी महाभारत समृद्धिको हाम्रो अभियान” भन्ने मुल नाराका साथ रोशी महाभारत समृद्धि अभियानका जुजारु युबाहरुले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ फलामे साघुमा यहि २०७६ साल बैशाख १ गते नया बर्षका दिन बृहत् सास्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय कलाकार र स्थानीय युबाहरुको अफ्नो हक हितको संरक्षण तथा आफ्नो स्थानको सर्बाङ्गीन बिकासका लागि हालै स्थापना भएको यस क्लबले आफ्नो क्लबको उद्घाटन समारोह मनाउन लागेको हो । कार्यक्रममा युबाहरुकै पहलमा एक उत्कृष्ट कार्यको समुद्घाटन गरे सङ्गै स्थानीय कलाकारहरु गायक तथा एरेन्जर कर्साङ लामा, गायक अर्जुन लामा, मोडल योसफ लामा, मोडल मन्सु लामा, गयीका प्रतिमा थिङ, गायक सुलभ तामाङ, गायक योगेश थिङ, गायक सिरेश तामाङ, मोडल रेनुका तामाङ, गायक तथा र्यापर जेम्स तामाङ, गायक लनम लामा लगायत अन्य स्थानीय कलाकारको बेजोड साङ्गीतीक प्रस्तुति रहने पनि आयोजक टिमले जनाएको छ । कार्यक्रमको सल्लाहकारहरुको जिम्मा निमा लामा, निरबहादुर लामा, तिर्थ लामा, र सानू लामाले सम्हाल्नु भएको छ ।

यति खेर कार्यक्रमको लगभग सबै जसो काम, ठाँउ ठाउमा ब्यानर झुन्ड्याउने, रेडियोमा जिङ्गल बजाउने सम्बन्धित निकायमा पत्र पठाउने, कार्यक्रम गर्ने स्थानको छ्नोट गर्ने तथा स्थानीयलाई सुचना दिन बाइकहरुमा जिङ्गल बजाउदै गाउउ परिक्रमा गर्ने जस्ता कार्यहरु अन्तिम चरणमा पुगेको आयोजक कमिटीले जानकारी दिएको छ । क्लबले आफ्नै स्थानीय स्तरमा रहेका कलाकार सङ्गै स्थानीय युबायुबतिहरुलाई आफ्नो पहिचान जोगाउनुका साथै आफ्नो कला सस्कृतीलाई जोगाई राख्ने उदेश्य लिएको छ ।

सस्थामा हाल
अध्यक्ष :सुलभ तामाङ
उपाध्यक्ष :ज्ञान लामा
कोष अध्यक्ष :प्रतिमा लामा
सचिब : D&D तामाङ
सल्लाहकारहरु
निमा लामा
तिर्थ लामा
ज्ञानु लामा
निरे लामा
सदस्य हारु: मन्सु लामा
योसफ लामा
रेनुका लामा
साइला लामा
भिम लामा
देश लामा
योगेश लामा
सुर्य लामा
अर्जुन लामा
रहनु भएको छ ।

थप समाचारहरु

Latest News

shares