तामाङ कथानक चलचित्र “छार ग्यालाम” नयाँ बाटो को अफिसियल ट्रेलर सार्बजनिक (भिडीयो)
April 5, 2019 | Gyanlama | 9:16 am


ज्ञान लामा STAR ONLINE MEDIA

कोशीपारी फिल्म प्रा।लिको ब्यानरमा सागर लामा गोलेले निर्माण गर्नु भएको तामाङ कथानक चलचित्र “छार ग्यालाम” नयाँ बाटो को आज काठमाडौको रिचमहल रेस्टुरेन्टमा प्रेस मिट पश्चात अफिसियल ट्रेलर सार्बजनिक गरिएको छ । ट्रेलर माया प्रेम सङ्गै निकै दमदार द्वन्द्व सहितको रहेको प्रष्ट हुन्छ । ट्रेलर हेर्दा तामाङ चलचित्रले प्रबिधि देखि छायांकन शैली गित सङ्गितमा निकै ठुलै फड्को मारेको अनुभव हामी गर्न सक्छौं । निर्माता सागर लामा गोलेलेका अनुसार यस चलचित्र विशेष गरेर तामाङ समुदायको सामाजिक कथा बस्तुलाई यर्थाथ रुपमा उर्ताने कोशीष गर्नु भएको वताउनु भएको छ ।चलचित्र छार ग्यालामलाई वैशाख १६ गते नाच घर जमलमा विशेष शो गरीने भएको छ ।

चलचित्रमा तामाङ चलचित्र जगतका सुपर्स्टार नायक नायक कुमार, सुनिता लुङ्वा, लक्ष्मण विक्रम वस्नेत, संगीता दोङ, राहुल मोक्तान, ध्रुव सिं तामाङ, गोकुल तामाङ, हसत वा. तामाङ, सुर्य वहादुर तामाङ, दिपा वाईवा र प्रकाश श्रेष्ठलाई देखिने भएको छ । चलचित्रलाई काभ्रेपलाञ्चोकम रमणीय स्थलहरु, काडमाडौं र मकवानपुरको हेटौंडामा समेत छायांङ्कन गरिएको छ ।

धन वहादुर तामाङको कथा,स्कृप्ट तथा निर्देशन रहेको यस चलचित्रलाई तुलसी वास्कोटाले सम्पादन गर्नु भएको छ भने लक्ष्मण घिमीरेले छायंकन गर्नु भएको छ । राजु किरातको द्धन्द्ध निर्देशन रहेको यस चलचित्रलाई दिपा वाइवा र पविना तामाङले संयुक्त रूपमा लगानी गर्नु भएको छ । बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत रहेको यस चलचित्रका गीतमा विशाल काल्तान, जितु लोप्चन, सुरेश लामा, पुर्णीमा लामा, सुदिप न्यासुर र वविता पाख्रीनको आवज रहेको छ ।

थप समाचारहरु

Latest News