तेस्रो तामाङ चलचित्र महोत्सव २०७५ को प्रचार प्रसार शहर देखी गाउँ सम्म !!!
April 4, 2019 | Gyanlama | 11:46 pm


ज्ञान लामा STAR ONLINE MEDIA
हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान भन्ने मुल नाराका साथ काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यही चैत्र २९ गते देखि बैशाख १ गतेसम्म हुन गईरहेको तेस्रो तामाङ चलचित्र महोत्सव २०७५ को तयारी र प्रचारप्रसारलाई शहर देखी गाउँ सम्म व्यापक पारीएको छ । चलचित्र महोत्सवको समय नजिकिए सँगै आयोजक तामाङ चलचित्र संघ का तामाङ चलचित्र कर्मीहरुमा महोत्सव प्रतिको उत्साह चुलिदै गएको छ ।

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर सहितको कार्यसमितिका साथीहरु यतीखेर व्यापक रुपमा प्रचार प्रसारका कार्यलाई शहर देखी गाउँ सम्म ठाउँ ठाउँमा पोस्टर टाँस्ने र माईकिङ गर्ने, रेडियो जिंगल प्रसारण तथा श्रव्यदृश्य सामाग्री प्रसारण प्रकाशन गर्ने, चलचित्र प्रदर्शन स्थल हल छनौट, सहकार्यगत बैठक, पाहुनाहरुलाई निमन्त्रणा, महोत्सवमा छलफल गरिने विषयबस्तुको टुंगो लगायतको तयारी भईरहेको संघका अध्यक्ष बिकु थोकरले बताउनुभयो ।

तेस्रो चलचित्र महोत्सव २०७५ का मुख्य आयोजक तामाङ चलचित्र संघले गरीरहेको छ भने सह आयोजक चलचित्र विकास बोर्डले गरी गरिरहेको छ ।
महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ उत्कृष्ट तामाङ चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरुमा महोत्सवको पहिलो दिन अर्थात २९ गते सेमरिन मुला माया प्रर्दशन गरीने भएको छ भने यो चलचित्रलाई चैत्र २९ गते दिउँसो साढे १२ बजे महोत्सव स्थलमा प्रदर्शन गरिने भएको छ । त्येसै गरी चैत्र २९ मा नै तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ मितबाको गाउँ पनि प्रर्दशन गर्ने भएको छ । यस चलचित्रलाई भने चैत्र २९ गते दिउँसो ३ बजे महोत्सव स्थलमा प्रदर्शन गरिने भएको छ । त्येसै गरी तामाङ कथानक चलचित्र ‘श्होङ’ लाई चैत्र ३० गते बिहान ९ बजे महोत्सव स्थलमा प्रर्दशन गरिने भएको छ भने त्येसै गरी तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ लाई पनि त्येसै दिन अर्थात चैत ३० गते बिहान ११ बजे प्रदर्शन गरिने भएको छ । र महोत्सवको अन्तीम दिन अर्थात २०७६ साल वैशाख १ गते तामाङ कथानक चलचित्र ‘सेर्कु’लाई प्रर्दशन गरीने भएको छ यस चलचित्रलाई बैशाख १ गते शनिबार बिहान १० बजे प्रदर्शन गरिने भएको छ ।

यस संगै महोत्सवमा दैनिक रुपमा तामाङ चलचित्र कर्मीहरुको प्रस्तुती, ख्याती प्राप्त र्चचित तामाङ गायक गायीकाहरुको सांगीतीक प्रस्तुतीहरु, झाकी, वोन्वो, लामा र ताम्वाहरुको विशेष प्रस्तुती र साथमा तामाङ मौलीक खाना, तामाङ गोईलो, डम्फु र वुद्धचित्त मालाको समेत स्टलहरु रहने आयोजक टिमले जनाएको छ ।

थप समाचारहरु

Latest News