२४ घन्टा नबित्दैआखिर किन “सेम ताबा म्हि” युटुब च्यानले बन्देज गर्‍यो ?
April 3, 2019 | Gyanlama | 3:44 am


अमेरिका, जर्मन, बेल्जियम, जापान, कोरिया, मलेसिया अनि नेपालका विभिन्न जिल्लामा प्रदर्शन गर्न सफल , अमेरिकामा भएको आदिवासी चलचित्र महोत्सवमा ३ वटा बिधामा अवार्ड जित्न सफल निकै चर्चा परिचर्चा बटुलेको तामाङ फिल्म “सेम ताबा म्हि” गत शुक्रबार १५ गतेका दिन युटुबमा सार्बजनिक हुने कुरा नायक तथा कथाकार ऋतुराज पाख्रीनले जानकारी गराउनु भएको थियो।तर हाइलाईटस युटुब च्यानलले टेक्निकल समस्य भन्दै उक्त फिल्म 3 दिन पछाडि चैत्र १८ गते सोमबारको दिन युटुबबाट सार्बजनिक गरियो।तर बिडम्बना २४ घन्टा बित्न नपाउदै युटुबबाट उक्त सेम ताबा म्हि फिल्म हटाईयो।लगभग २४ घन्टा नबित्दै फिल्म १० हजार जनाले हेरि सकेको हामिले पनि जानकारी पाइसकेका थियौं ।किन बन्देज लगाईयो भन्ने प्रश्नमा हामिले नायक/ कथाकार ऋतुराज पाख्रीन सँग जानकारी लिदा यो विषयमा थाहा नभएको र कसरि हटाइयो!उहाले खुलाउन चाहानु भएन। अनि हामिले तत्कालै यसै फिलमका निर्माता/ निर्देशक राज कुमार मोक्तानलाई जानकारी लिदा खै कसरी यस्तो भयो ! अहिले सम्म कुनै तामाङ फिल्मलाई यस्तो बन्देज थिएन ! र थाहा पनि थिएन! कस्को आँखा लाग्यो ! भनेर बताउनु भयो।कतै कपिराईड त भएन भन्ने प्रश्नमा फेरि उहाले ब्यागग्राउन्ड म्युजिकमा कपिराइड हानेको हुन सक्ने पनि संका गर्नु भयो। तर अहिले सम्म कुनै तामाङ फिल्मलाई त्यस्तो भएको थिएन तर किन यस्तो भयो भनेर गुनासो पोख्नु भयो। देश बिदेशीबाट फिल्म हेर्न नपाएर धेरैको गुनासो अनि फेसबुकमा एस एम एस गरेर सोध्छ्न अब के भनेर सम्झाउ? के भन्नू भनेर नायक/ कथाकार ऋतुराज पाख्रीनले पनि गुनासो गर्नु भयो।
आखिर किन बन्देज गर्यो?किन तामाङ फिल्मि कर्मिहरु यसरी मारमा परिरहेका छ्न? हाम्रै तामाङ फिल्म किन यसरी बन्देज हुँदै छ ? हामिले बुझ्न जरुरत छ।

थप समाचारहरु

Latest News