अध्यक्ष विकु थाेकरकाे प्रमुख आतित्थ्यतामा ‘फूलै फूलकाे बगैंचा’ म्युजिक भिडियाे सार्वजनिक हुँदै !!!
April 1, 2019 | Gyanlama | 2:47 pm


काली देवी मिडिया हाउस प्रा लिकाे ब्यानारमा निर्माण भएकाे ‘फूलै फूलकाे बगैंचा’ म्युजिक भिडियाेकाे छायाँङ्कन सम्पन्न भएकाे सारा खबरलाई निर्माण पक्षले जानकारी दिएकाे छ । नेपाली तामाङ कथानक चलचित्रका नायक विनायक तामाङ र नव माेडल जमुना माेक्तान द्वारा अभिनय गरेकाे याे म्यूजिक भिडियाे तामाङ समुदायले मात्र नभएर आम नेपालीहरूले मन पराउनु हुने संगीतकार हेमन्त शिशिरले जानकारी दिनु भयाे ।
याे म्यूजिक भिडियाेमा नव माेडल जमुना माेक्तानले नायक विनायक तामाङसंग पहिलाे डेब्यू गरेकाे हाे । जमुना माेक्तानका लागि याे रंगमञ्चकाे दुनियाँमा प्रवेश गर्ने अवसर हाे । ‘फूलै फूलकाे बगैंचा’ गीतमा सदावहार गायक हेमन्त शिशिर, उत्तम थिङ, र पुर्णिमा लामाकाे स्वर रहेकाे छ भने गणेश बाबु वि क काे शब्द रचना रहेकाे छ ।
नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थाेकरकाे प्रमुख आतित्थ्यतामा यही चैत्र २० गते त्रिपुरेश्वरमा रहेकाे Blue Star Events Venue मा पत्रकार सम्मेलन गरी सामाजिक सन्जालबाट सार्वजनिक गर्ने नायक तथा माेडल विनायक तामाङले जानकारी दिनुभएकाे छ।

थप समाचारहरु

Latest News

shares