केपि महाराजको कपट्पुर्ण उदघोष !
March 31, 2019 | Gyanlama | 9:10 am

गत आम निर्वाचन ताका दुइटा कुरा जनमानसको मन भित्र बाँस गर्‍यो! बामपंथी र दक्षिणपंथी!यी दुइध्रुबको नेतृत्व एकातिर एमाले-माके गठबन्धनले बामपंथी कम्युनिस्ट नाममा र अर्को लोकतान्त्रिक भनिएका कांग्रेसले दक्षिणपंथी धारको नेतृत्व गर्‍यो! यी दुइ देखावटी धारलाई जनताको राम्रो साथ पाए एमाले-माके दुइतिहाइ नजिक पुगे भने अर्को कांग्रेस प्रमुख प्रतिपक्ष दल बने!कयौं बर्ष देखि अस्थिर सरकार,अशान्ति,सुस्त बिकासको गति देखे भोगेका अजित नागरिकहरुलाई स्थाइ सरकार,शान्ति,सुख र समृद्धि नेपाल बनाउने ती दलहरुको नाराले नछुने कुरै थिएन! पंक्तिकार त्यही मीठो नारा भाषण र अस्वासन भित्र घुसेका जनघाती सरकार पक्ष र प्रतिपक्ष कांग्रेस भित्रको राजनीतिक भुमिकालाई केलाउने र आफ्नो मत राख्ने प्रयास हुनेछ!नेकपाका एउटा अध्यक्ष एबम बर्तमन प्रधानमन्त्री केपि ओलिले भनेका थिए लोकतान्त्रिक ब्यबस्था प्रती निष्ठवान,पार्टी र सिद्धान्त प्रति इमानदार ब्यक्तिलाई मात्र उम्मेदवार चयन गर्नु अनि थपेको थियो कम्युनिस्ट सरकार त आयो आयो! ७0बर्ष देखि कम्युनिस्ट आस्थाका बन्दीहरुलाई कम्युनिस्ट सरकार हेर्ने आतुर जनता नेतृत्वको उदघोष सुनेर हर्ष र बिषमतको तरंग नै चल्यो नेपाली कांग्रेसका सभापति बर्तमन प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउबाले त आत्तिएर कम्युनिस्ट सरकार आयो भने रुन पनि पाउदैन भन्नसम्म भ्याए! अहिले सरकारको चरीत्र हेर्ने हो भने मीठो नारा भित्र असली अनुहार छर्लङ्ग देखिन्छ! जनतालाई असहज महसुस हुने गरि भ्रष्टाचार मौलाएको छ! सरकार आफैले तस्करीलाई संरक्षण दिएको छ!
महिला बालिका बलत्कारी निर्धक्क खुल्लामखुल्ला हिड्डुल छ! बिकासको नाममा केन्द्र देखि स्थानीय तहसम्म भ्रष्टाचार संस्थागत भएको छ!गाउँ गाउँ सिंहदरबार हैन भ्रष्टाचारिको अड्डा बन्न पुगेको छ! प्रतिपक्ष कांग्रेसको भुमिका देखेकै छ यततिर लेखिराख्नु पर्ला जस्तो लाग्दैन हामी सबै भुक्तभोगी नै छ हिजोको र आजको कांग्रेस बारे! जनताको जिबिका उस्तै दयनीय छ!जातीय भेदभाव कालिकोटकि मना सार्की र काभ्रेको अजित मिजर हत्याकाण्ड सतही मात्र बुझ्दा पनि पुग्छ के भैरहेको छ समाजमा! तस्कर ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण उदङ्गो हुन्छ! बेरोजगार युवाहरुको हालत कोरिया जापान जाने हानथापको लाइनबद्द हतारो अनि विभिन्न देशबाट रोजगारको सिलसिलामा ज्यान गुमाएका लासहरु बकसमा अन्तर्राष्ट्रिय विमान स्थलमा हेरे पुग्छ! यति बुझ्न कुनै समाजशास्त्र वा राजनीतिशास्त्र पढेलेखेकाले मात्र बुझ्ने इतिहासको कुरा हैन यो बर्तमन नेपालको तितो सत्य हो गम्भीर बिडाम्बन हो! अहिले सरकारको कामकारबाही,चरीत्र तथा रुझन हेर्दा माथी उल्लेखित समस्यहरु समाधान खोज्ने तिर हैन माफिया फासिबादी उन्मुख छ! निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धता र ७० बर्षको नेपाली कम्युनिस्ट आन्दोलन माथी प्रश्न उठाउने र पार्टीमा बहसको बिषय नै बन्नेवाला छटकट देखिन्न!सिरिफ सरकारले जे गर्छ जनता र कार्यकर्ता थपडी बजाउने सरकारको कामको गोएबल्स प्रचार गर्न उत्साहित गरिरहेएको छ! पार्टी र सरकार बिरोधि विरुद्ध जयलाग्न कार्यकर्तालाई अरिङ्गलको उपमा दिएर प्रधानमन्त्री आफै खुल्लामखुल्ला उक्साइरहेका छ्न! अर्को अध्यक्ष पुस्पकमल भने केपिसंगको पार्टी मर्ज पछि ठूलो भरी बिसाए झै गरि जनयुद्धका सपनाहरु पूरा गर्न केपि नेतृत्वको दुइतिहाइ टिम लाग्दै छ झै गरि मौन रहेर बोल्न अबस्यक नठाने झै देख्दा बडो हास्यास्पद लाग्छ!केपि सरकार एकपछि अर्को गरि कम्युनिस्ट ट्रेडमार्क खुइल्याउन शक्तिको दुरुपयोग गरिरहेको छ र पनि यतिखेर नेकपा सत्तारूढभित्र प्रस्न सोध्ने आलोचना र रचनात्मक सुझाव दिने कोहिकसैलाई बिरोधिको संज्ञा दिनु बाहेक अरु उपाय नै छैन झै गर्दै छ किन होला?तत्कालीन माओवादी शान्तिपुर्ण राजनीतिक अवतरण ताका भन्ने सुनेको थियो क्रान्ति छाडेको हैन क्रान्तिको रुप फेरेको हो! यो रुप फेरेको भनेको के ?जनबादी सत्ता स्थापन गर्न भनी लडेकाहरुले किन नसोध्ने? किन सोधिरहेको छैन? अर्को शान्तिपुर्ण संक्रमणबाटै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण संभाव छ भन्नेहरुलाई शान्तिपुर्ण संक्रमण भनेको के हो? अबको राजनीतिक संक्रमण कहाँ र कसका निम्ति भनेर किन नसोध्ने र किन सोधिरहेको छैन?
यतिखेर दुइतिहाइ सरकार छ संबिधानको हरेक धारा संशोधन गर्न सक्छ तर त्यसो गर्ने इच्छा शक्ति अहिलेको सदनमा खडेरी नै लागेको छ किनकी सदनमा संभावित फरक मत र आलोचनालाई मध्य नजर गरेर निर्वाचनको बेला नै जनप्रतिनिधि उम्मेदवार छनोट ब्यकेस्टोमी गरेर चुन्ने काम गरेको थियो!निश्चिति ब्यक्तिको स्वर्थ सिद्ध गर्न सरकारको रिङ भित्र आफू अनुकुल मात्र छिराएको थियो!केही आफू अनुकुल नदेखिएको उम्मेदवारलाई हराएर पाखा लगाउन पनि सफल भएकै थियो! अझ संझानयोग्य कुरो त युवाहरुलाई लाखौं लाख रोजगार शृजना गरेर काम दिने र बृद्ध भात्तामा चमत्कार गर्ने घोषणा गरेको थियो!यस्तै यस्तै जलसछी कपटपूर्ण उदघोष र कल्पनको बायुपन्खी घोडा युटर्न मोडेर बालकोट फर्किएन भने जनताको असन्तुष्ट आवाज मण्डलाबाट सिंहदरबारको जिर्ण पर्खाल तोडेर रोष्टम कब्जा गर्ने जनकवाज जारी रहने कुरामा दुइमत छैन यो भीषण हुने छ! बिद्रोही भन्नुन वा अरु कुनै आरोप लगाइयोस त्यो केबल राजनीतिक आर्थिक समाजिक संस्कृतिक,जातिय,बर्गिय लिङ्गिय तथा क्षेत्रीय बिभेदको चेपबाट प्रस्फुटित नागरिकको आवाज हुन! जबर्जस्त बल प्रयोगले केही नागरिकको भौतिक शरीर क्षेतबिक्षत हुने हो!त्यो बर्ग समुदाय भित्र अंकुरण भएको बौद्धिक बिचार न कुनै बन्दुकले सिध्याउन सक्छ न कुतनै तारबारले रोक्न सक्छ बरु त्यो त आगो लगाएर खरानी बनाए पनि युग आए पछि दुबो झै पलाइ रहन्छ! नेपाली समाजको प्रमुख अन्तरद्वान्द दलालपुजिबाद र बैज्ञानिक समाजबाद बिचको रस्सकसी अझ पेचिलो भएर जानेछ!नेपाली जनताले एकदिन दलाल पुजिबादको जरैदेखि फ्याकेर स्रोत माथी समान अधिकार, न्यायपुर्ण समाजिक ब्यबस्था शोषण र जातीय विभेद रहित समाज निर्माण गरेरै छाड्ने छ यसमा युवा जमातको पहल कदमी कस्तो कहिले हुने त्यसैमा निर्भर रहने छ!थुजेछे!
जेपि मोक्तान
समाजबादी अभियन्ता

थप समाचारहरु

Latest News

shares