नायक कुमार मोक्तानलाई देख्ने बित्तिकै मोडल पुर्णीमा अचम्मित !!!
March 28, 2019 | Gyanlama | 1:50 pm


धेरै समय अपेक्षा गरिएको खुशी प्रधान लामाको बिल्कुलै नया `कान्छो´ बोलको गीतको म्युजिक भिडियो आज सार्बजनिक भएको छ । कुमार मोक्तानको मायामा एकोहोरीएका मोडल पुर्णीमा लामाको सामु अकस्मात कुमार मोक्तानकै इण्ट्रीले पुर्णिामा एक्कासी अचम्मै पर्छिन, कुमार सङ्गै जीवन बिताउने आफ्नो कान्छो बनाउने, उनकै मायामा हराउदै गरेकी पुर्णिामालाई भिडियोको अन्तमा बिलमा आफ्नो नम्बर लेखिदीए पछि मख्खै पर्छिन पुर्णीमा लामा ।

सार्बजनिक म्युजिक भिडियोमा दिपेश प्रधानको शब्द/सङ्गीत/एरेन्ज तथा मिक्सिङ रहेको छ भने गायीका सृजना लामाको सोलो अवाज रहेको छ । यस म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका सुपर्स्टार नायक कुमार मोक्तान तामाङ र पुर्णीमा लामाको मुख्य अभिनय रहेको छ । सुर्य लामाको सम्पादन तथा निर्देशन रहेको यस म्युजिक भिडियोमा प्रबिन राईको ड्रोन सूट तथा बब्लु गुरुङको लगानी रहेको छ । अध्ययन र आफ्नो काममा ब्यस्त बन्दै गएकी खुशी प्रधानको यो पहिलो म्युजिक भिडियो हो । आगामी दिनहरुमा पनि साङ्गितिक यात्रामा उहाको उपस्थिती बाक्लीदै जाओस हाम्रो शुभकामना ।

भिडियो हेर्नुहोस;

थप समाचारहरु

Latest News