मध्यरातमा यस्तो म्यासेज आयो पत्रकार सुदिन दोङलाई !!!
March 27, 2019 | Gyanlama | 6:30 am


तेमाल अनलाइनका कार्यकारी सम्पादक एवं रेडियो आर्जे सुदिन दोङ लामालाई अज्ञात नम्वरबाट ज्यान मार्ने धक्की आएको छ ।
पत्रकार लामाका अनुसार उहाँलाई चैत्र १२ गते राती ११ बजेको समयमा अज्ञात नम्वरबाट मिसकल आएको थियो केहि समय पछि नै उही नम्वर बारम्वार एस्एमएस गर्दै ज्यान मार्ने धम्की दिईएको छ ।

म्यासेजमा उहाँलाई अफिसमा नै आएर ज्यान मार्ने धम्की दिदै उक्त नम्वर बाट म्यासेज आएको देखाउँदै पत्रकार लामा भन्नुहुन्छ मैले त केहि गल्ती गरे जस्तो लाग्दैन तथापी किन मेरोमा यस्तो म्यासेज आयो म आफै अन्योलमा रहेको छ ।
मलाई आएको म्यासेजमा मेरो अफिसमा नै आएर रेट्दिने भन्दै उसको नम्वर सार्वजनिक रुपमा कसैलाई दियो भने अझ नराम्रो हुने भन्दै धम्की आएको छ ।

करिब एक वर्ष अगाडी दिपीका तामाङ बहिनीलाई तामाङ म्यूजिक भिडियोमा खेलाउन सहजकर्ताको भूमिका निर्वाह गरेको अभियोगमा उनले आफूलाई धम्की दिएको हुन् सक्ने लामा बताउँनुहुन्छ । उहाँका आफूलाई ज्यान मार्ने धम्की आएपछि आफू भने प्रहरीको सल्लाह लिन गएको बताउनुहुन्छ ।

सम्बाहक.com बाट साभार

 

थप समाचारहरु

Latest News