नेपाल बार एशोसिएशनको निर्वाचन २०७५ चैत्र १६ गते हुने |
March 26, 2019 | Gyanlama | 2:47 pm


“संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास: हाम्रो सरोकार, स्वतन्त्र सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाको लागि : व्यावसायिक बार” भन्ने मूल नाराका साथ् नेपाल बार एशोसिएशन केन्द्रिय कार्य समितिको ब.अ. चण्डेश्वर श्रेष्ठको नेत्रित्वमा प्रगतीशील, पेशागत, मधेश, समाबेसी तथा देशभक्त कानुन व्यावसायी समुहका सम्पूर्ण पदका उम्मेदवारहरुलाई समेटेर यही मिति २०७५ चैत्र १६ गते निर्वाचन हुने भएको छ | मधेश तथा देशभक्त कानुन व्यावसायी समुहका अध्यक्ष पदका उम्मेदवार गजेन्द्र बहादुर थापाले आफ्नो उम्मेद्वारी फिर्ता लिई ब.अ. चण्डेश्वर श्रेष्ठको सम्पूर्ण समुहलाई समर्थन गरेको छ |

प्रगतीशील, पेशागत तथा समाबेशी समुहका उम्मेद्वार
हरु: ७ ओटा प्रदेश हरुबाट ७ जना उपाध्यक्ष, १ जना महिला उपाध्यक्ष, गरेर ८ जना उपाध्यक्ष , १ जना महासचिब, १ जना कोषाध्यक्ष, त्येसैगरी सदस्यहरुमा: विभिन्न कोटा हरुबाट १४ जना रहेका छन् | त्येसैगरी विभिन्न कोटा हरुबाट ९ जना अधिवक्ताहरु चुनाबमा उम्मेद्वार उठेका छन् |संवत् २०१३ साल पौष ७ गते स्थापना भए पश्चात् नेपाल बार एशोसिएशनले बलिदानी प्रत्येक राजनैतिक तथा सामाजिक परिबर्तन तथा सुशासनको पक्षमा नेत्रित्वदायी भूमिका निर्वाह गर्दै आईरहेको छ | जनताको बलिदानीपूर्ण संघर्षवाटस्थापित संबिधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जारि गरिसकेको छ | संघ, प्रदेश तथा स्थानीय, तहको बिचको अधिकारको प्रयोग सन्तुलित तथा संबिधान सम्मत रुपमा गर्दै संघीय शासन प्रणालीलाई मजबुद बनाउन पर्दछ भन्ने कुरामा दृढ रहने काम गर्ने बताउदै आफ्नो प्रतिबद्धताहरु ७ वटा बुदामा प्रस्तुत गरेका छन।
प्रतिबद्धता हरु:
(१)संबैधानिक अभ्यास र राष्ट्रिय सरोकारका बिषयमा
(२)न्यायपालिकाको स्वतन्त्रता तथा प्रभावकारिता सम्बन्धमा
(3)फैसला अनुसन्धान तथा पहुँच सम्बन्धमा
(४)नेपाल बारको संस्थागत सुधार सम्बन्धमा
(५)कानुन व्यावसायीको पेशागत दक्षता अभिबृद्दि सम्बन्धमा
(६)कानुन व्यावसायको क्षेत्र बिस्तार सम्बन्धमा
(७)कानुन व्यावसायीको समाजिक सुरक्षा सम्बन्धमा
निर्वाचन हुने मिति:
२०७५ चैत्र १६ गते शनिबार
बिहान ८:०० बजे देखि दिउँसो ४:०० बजेसम्म
मतदान गर्दा उम्मेद्वारको नाम अगाडि रहेको कोठामा ठिक (✔️) चिन्ह लगाउन पर्नेछ।
(नोट): मतदान गर्न आउँदा बार काउन्सिल बाट जारी भएको सक्कल परिचय -पत्र वा बार काउन्सिलले प्रदान गरेको प्रमाण-पत्र वा नेपाली नागरिकताको प्रमाण-पत्र लिई आउन समेत नेपाल बार एशोसियनले अनुरोध गरेका छन्।

थप समाचारहरु

Latest News