नेपाली साङ्गितीक बजारमा अर्को धमाकेदार कलाकारको जन्म आखीर को हुन यीनी !!!
March 20, 2019 | Gyanlama | 9:46 am


ज्ञान लामा STAR ONLINE MEDIA
प्रतिस्पर्धात्मक नेपाली साङ्गितीक बजारमा अर्को धमाकेदार नया कलाकार मोडलको जन्म भएको छ । काभ्रेको नमोबुद्ध नगरपालीका घर भै हाल काठमाडौ बौद्ध नयाबस्ती बस्दै आउनु भएका नया मोडल जमुना मोक्तानको आफ्नो डेब्यु गितको म्युजिक भिडियोको सम्पुर्ण छायांकन कार्य सम्पन्न भएको स्टार अन्लाईन टिभीलाई जानकारी दिनुभएको छ । सानै देखी अभिनयमा रुचि भएका मोडल मोक्तानले केही समय अघि मार यो क्षेत्रमा आफ्नो पाईला अघि सार्नु भएको छ । पहिले पटक नै नेपाली भाषाको गितमा अभिनय गर्दा र आफुले बुझेको क्षेत्र भएता पनि आफुले हेरेर अनुभव गर्दा र आफैले अभिनय गर्दा अलि गाह्रो असहज भएता पनि साथिहरुको सहकार्यमा काम गर्न थप हौसला प्राप्त भएको र आगामी दिनहरुमा यी कुराहरुलाई मिलाउदै सुधार गर्दै अघि बड्ने प्रण पनि गर्नु भएको छ ।

कालिदेवि मिडिया हाउसको प्रस्तुतिमा “फुलै फुलको बगैंचा” बोलको गितको  म्युजिक भिडियोमा गणेश बाबू बिकाको शव्द, हेमन्त शिशिरको सङ्गीत तथा पुर्णिमा लामा र उत्तम थिङ को आवाज रहको छ । यश म्युजिक भिडियोमा जमुना मोक्तान र बिनायक लोप्चन तामाङलाई प्रमुख भूमिकामा देखिने भएको छ । दिनेश मुस्कानको निर्देशन रहेको यस गितलाई गोपाल कुमार बिसीले सह निर्देशन गर्नु भएको छ । अस्मिता श्रेष्ठले मेकअपमा सहयोग गर्नु भएको छ भने सानू हबिटले ड्रोन अपरेटरको कार्यमा सहयोग गर्नु भएको । यस गितलाई फर्पिङ आसपास सुटिङ गरिएको छ । अगामी दिनमा जमुना मोक्तानको यो अभिनय क्षेत्र अझ झाङ्गिदै जाहोस निरन्तर रहोस हाम्रो शुभकामना शुभकामना ।

थप समाचारहरु

Latest News