निरन्जली र मोनीकाको रोजाईमा अमीर, अमीरको रोजाईमा को ?
February 22, 2019 | Gyanlama | 2:44 pm


ज्ञान लामा : Star Online Tv
गायीका तथा मोडल मोनिका मोक्तानको तेस्रो कोशेली स्वरुप बैशालु जोबन बोलको गीतको म्युकिक भिडियो आज काठमाडौ बौद्ध JFC Juby मा एक कार्यक्रका बिच सार्बजनिक गरिएको छ । कार्यक्रम तामाङ चलचित्र जगतका सुपर्स्टार नायक अमीर दोङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा, बिशेष अतिथि द्वय तामाङ कलाकार संघका महासचिव बिश्व दोङ र सचिव विशाल काल्तानले गितको प्रासंसा गर्नुका साथै गितको बारेमा आफ्नो भनाई राख्नु हुँदै नेपालमा नेपाली गित पछि धेरै लगानी गरिने गितमा सेलो गितको म्युजिक भिडियो दोस्रो स्थानमा रहेको बताउनु भयो, साथै कार्यक्रममा कलाकार पत्रकार लगायत बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेक थियो । कार्यक्रम नायीका रन्जिता ब्लोनले सन्चालन गर्नु भएको थियो ।

सार्बजनिक 7 मिनेट 14 सेकेन्डको म्युजिक भिडियोमा खलनायक तथा हास्यकलाकार कुइसाङ रुम्बाले मोडल निरन्जली लामालाई प्र्याङ्क गरेका छन भने निरन्जलि बुज्दै नबुजी नायक तथा निर्देशक अमीरको मायामा फस्दै जान्छिन उता गयीका तथा मोडल मोनिका पनि अमीर सङ्ग रिलेसनमा रहेको हुन्छ र अन्तमा अमीर, निरन्जली र मोनिकालाई एक साथ फ्रेममा देखिन पुग्छ र अमीर ले हात तेर्स्याउदा मोनिकाले अमीरको हातमा साथ दिन्छिन । निरन्जली एक्कासि सोचमा डुब्छिन र आफुलाई केटा देखाउने साथी प्रती जाई लाग्छन साथिले त्यो सबै काम कुइसाङ रुम्बाले गर्न लगाको भन्छिन र निरन्जलिले आफुलाई प्र्याङ्क गरेका बुज्छ र प्र्याङ्क गरेका कुइसाङ रुम्बा प्रति जाइलाग्छन ।
भिडियोमा कलाकारहरुले निकै मिहेनत गरेको प्रष्ट दिखिन्छ हिउँ परेको समयमा पनि कलाकारहरुले गितक भाब अनुसारको पहिरनमा अभिनय गर्नु एकदमै प्रसंशनिय रहेको छ ।

सार्बजनिक गीतमा हस्त लामा (हार्दिक)को शब्द रहेको छ भने गायक तथा सङ्गितकार विशाल काल्तानको सङ्गित रहेको छ । मोनिका मोक्तानको स्वर रहेको यस भिडियोलाई नायक तथा निर्देशक अमीर दोङले निर्देशन गर्नु भएको छ । दिपेश प्रधानको एरेन्ज रहेको यस म्युजिक भिडियोमा मोनिका मोक्तान, निरन्जली लामा र अमीर दोङलाई प्रमुख भुमिकामा देखीएका छन । प्रकाश वाइबाको छायांकन तथा सेन्सइ पेमा वाइबाको ड्रोन सूट रहेको यस म्युजिक भिडियोलाई डम्फू मिडिया हाउसले पोस्ट प्रोडक्सनको कार्य गरेको छ ।

भिडियो हेर्नुहोस ;

थप समाचारहरु

Latest News