“क्रान्तिकारी काश्मिरी गर्ल “
February 16, 2019 | Gyanlama | 4:08 am

गत डिसेम्बरमा उ काठमान्डौ आएकी रहेछ । भेट्न आउ भन्दै थि। तर मेरो काम बिशेषले भेटन पाइन । बिध्यालयको स्वर्णजयन्तिको अबशरमा पाट्री अध्यक्ष लाई स्वागत गर्ने कार्यक्रम जो तय भएको थियो । उसैले म निक्कै खटिनु पर्यो। घोटिनु पर्यो ।
अस्तिको हप्तामै उ काठमान्डौ आउने खबर मेरो इन्बक्समा फ्यांकेर बेपत्ता जस्तै थि उ । उ अर्थात काश्मिरी गर्ल । जो पश्मिना सेल्स गर्छ । दरबारमार्ग स्थित “हिमालयन पश्मिना सप्लायर्स ” मलाइ पोर साल उस्ले देखाएको आफ्नो नेपाल स्थित सम्पर्क अफिस ।

काश्मिरमा आंतकबादी हमाला भयो अस्ति भर्खरी । फ्रेबवरी तेर्हको दिन । सैनिक जवानहरु मारिय । देशको माटोको रक्षाको लागि जीवन आहुती दिने वीर योद्धा हरु सम्झेर आँखा तप्प रोयो । सम्झे , मैले नि रांजा चेक पोस्ट बांके । कृष्ण भिर धाधिङ । दार्हे गौडा ,नार्के मोर्चा काभ्रे । पुवा खोला एम्बुस इलाम । खरिढुङ्ग फाइरिङ एम्बुस दोलखा । इत्यादी इत्यादी दिमागमा रन रन घुमे एकफेर । युद्ध र युद्धका अनियमित आकार पनि सम्झे । सम्झे भयभित र आतंकित समयको चरम चुनौतिहरु ।

 फ्रेबवरी चौध भ्यालेन्टाइन डे । म शोक मा थे । मलाइ खास छोयन त्यो दिनले ।हामी भ्यालेन्टाइन भन्दा पनि औसत माथी पुगेकाहरुलाइ अर्थ खासै राख्दैनन पनि ।बरु वाङकार्च्यो कबिला मोक्तान राज्यका “ज्योमो र फुर्साङ” को टुङ्ना प्रेम कहानी ले सिंचित साङासोती (घङ) डाडा लाई म मेरो प्रेमको प्रतीक मान्छु । जहाँ हाम्रो पनि प्रेमको बिजारोपन भएको थियो । र छ ।
बिहानै अनलाइन टुप्लुकेको देखे उस्लाइ ।
छोटो संबात भयो । बौद्ध मा भेट्ने । बौद्ध हिमालयन जाबा टप रेस्टुरेन्टमा हाम्रै क्षेत्रका माननीय हरु संङ्ग थोरै चियापान कार्यक्रम थियो । उसैले मेरै सहजताको लागि उस्लाइ मैले तेहि डाके ।
बिहान ११ बजेतिर उ लोकेशन फलो गर्दै आइ पुगि । म रेस्टुरेन्ट को छदमा थे । अगिल्तिर स्तुपा । स्तुपा वरिपरि कोरो गर्ने हरुको भिड सलबलाइ रहेको ।
– नमस्ते ” देखो म्हेंने सहि डेस्टिनेसन तय गरेङ्गे ” उ मुस्कुराउदै बोल्दै म भएको टेबलतिर आउनु भयो ।
उस्तै टाउकोमा पस्निना सलले घेरेको । सल्लक्क परेको नाक । चिउडो । गहिरो आँखा । जिउ । बुट्टे दार कुर्ता । साइडमा ढाकाको नेपाली झोला ।
जस्तो जुलाइमा भेटदा थ्यो उस्तै रहेछ ।
– Take sit “बैठो । आपकि नेपाल लोकमे बडेमान स्वागत हें” मैले नि कनि कुथी कास्मिरी लवजमै अनुरोध गरे ।
क्याप्चिनो मंगाए ,उस्ले ।
ब्रेक फास्ट लिइसकेकोले मैले हट लेमन मगांए ।
कान्तिपुर डेलि । टेवलमा पल्टिरहेको थ्यो । काश्मिरको न्युज हेडलाइन बनेर तैरिरहेको । म न्युज पक्रीदै गफिदै गयौँ ।
“क्या हे यी , काश्मिरमे आंतकबादी हमला होगैइ , बहुद सैनिक लोक मर्चुगया बेहद दुखदि न्युज हे ” what’s the main Region of its??
मेरो प्रश्नमा उ मौन बसे ।
क्याप्चिनो सुरुप्प पार्यो उस्ले । स्तुपाको टुप्पो तिर हेरि रहे! टोलाइ रहे ! भुरर उड्यो थुप्रै मलेवा हरु । परेवा हरु । हावामा फिंजिरह्यो लुङ्दर । क्यानभासमा बजिर्ह्यो धुन ॐ म्हनी । अनुहार मलिन बनायो उस्ले , सायद आतंककारि भन्ने मेरो शब्दले छोयो उस्लाइ
” क्या आपकी लग्ताहे यी सब आतंककारी के काम हें ” ? उ बोल्यो । आतंक कि सवाल किसिबी हालत मे नहिं यी । यी सब नसिबोके सरोकार हे । हाम भुमपुत्र जो हेना , हामरा भुगोल , हमारा मट्टी , यी सब हमारा पुर्खौ तक आज तक कि बडेमान प्रस्नकी सवालो हे ??
कास्मिर जो भारत सरकारले एकस्वतन्त्र सार्भभौमिक्ता सम्पन्न राज्य जबर्जस्ती हडपी बिलायको राज्य । काश्मिरी गर्ल त्याहांका एक आदिबासी भुमी पुत्र । उ बोल्दै गै । हामिले हाम्रो बिरासत कहिलै भुल्दैनौ । एउटै राज्यमा दोस्रो दर्जाको नागरिक भएर बस्न सक्नु हामी श्रीनगर बासिको भाग्य भनौ या कर्मको फल । हामी स्वतन्त्र चाहान्छौ । हाम्रो आदिम भुगोलमा कसैको हस्तक्षेप स्विकार्ने छैनौ हामी। हामी मिहेनत गरेर एक छाक खाने हो हाम्रो भुगोल लडाइको ट्रेन्ज बनाउन पाइदैन । जो भारत सरकार पाकिस्तान विरुद्ध को कदम श्रीनगरमा उभियर रक्तपात मच्चाउन चाहान्छ जुन हामिलाइ स्वीकार्य छैन । कस्लाइ रहर हुन्छ र बारुदको धुवां संङ्ग उड्न र बम को गर्जन संङ्ग तैरिन ? गोलि निल्न र रगत ओकल्न कसैको रहर हुन्छ र??
उ झन पोखिदै गए !
” मनको सवालों हें , दिलकि गहिराइ परसे बेहद दर्द महशुस होगै । ” उ बोल्दा ओठ र नांक बाट सराबरी इको टोन निकालेर भ्वबेलहरु हिडन गरेर बोल्थो । ” जो मरे मर्न नहुने हरु मरे । तर बर्षौ देखि हामी मुश्लिम समुदाय र काश्मिरी हरु जिउदै मरिरहेको छु त्यां । एक श्वास मरेर फेर्छौ अर्को श्वास लिन बांच्नु जो छ । बाच्नुको नाममा मर्नु जस्तो कलंकित जिन्दगी अरु नहुने रहेछ । फेरि उ झोक्किदै थपियो ” जो बम ब्लास्ट होइ नं उ सरासरोके दिल्ली पर ब्लास्ट हुन चाहिए जब सबसे बडि हमारा लोक के कल्याणकारी भलाइसे उपर होगै यी काम । ” बट सडक पर होगै सैनिक आत्मी मृत्युं पर लोंडगैइ हामारा दिल पर दुख होइ,। ” उ जो मरे पनि दुख मान्दै थ्यो । उस्को मुहारमा दुख संङ्गै आक्रोश थ्यो ज्यादा !
हामिले करिब दुई घन्टा बितायौ । घटणाको पेरि फेरिमा , अनि अब अप्रीलमा काठमान्डौ आउने र मैले शैलुङ घुमाउने बाचा गरे । अस्ति हाम्रो शैलुङ यात्राको हरेक तश्बिरहरुले उस्लाइ निक्कै छोएछ । उस्कै आफ्नै गाउँ काश्मिर बाट ६६ मिल उत्तर “पुठा” गांउको खुब याद आयो रे उस्लाइ । पछि भारत सरकारले काश्मिरि लाई नियन्त्रणमा लिय पछि जम्बु तिरको भुगोल पाकिस्तानले लिन खोज्दा त्यो सिमानाको चपेटामा परेर बिस्तापित भएका । गाउँ घर आफन्त सप्पै भुल्नु परेका । वारि स्याउको सुन्दर बगैँचा धेरै भेंडाहरु अलपत्र छोडेर आउनु परेका , एक एक कहानी सुन्दा मन बेस्सरी अमिलो भयो ।
हाल श्रीनगर मा बुबा ह्यान्डिक्राफ्ट पसल ममि पश्मिना बुन्ने फ्याक्ट्रीमा मजदुर बैनी र भाइ पड्दै । उ पश्मिना सप्लाइ गर्दै कहिले गोवा , ल्हदाक , दार्जेलिङ , सिक्किम र काठमान्डौ आइ पुग्दो रहेछ । उस्को आदिमिक्स काश्मिरी हिन्दी नेपाली लाई मैले बेलुका उस्को आदिम हिन्दी मिक्स लाई मैले बेलुका भरी सम्झे ।
साइकलमा कपडा बेच्ने बाबुको मात्र २१ वर्षको सामान्य मुसलमानको छोरा आदिल अहमद किन आफू चढेको कार सैनिक जवान चढेको बसमा ठोक्काएर मर्न- मार्न तयार भयो ? ऊ अर्को देशको नागरिक पनि होइन वरु श्रीनगरकै रैथाने नागरिक हो । आदिलहरू किन पटक पटक आफैंलाई उत्सर्ग गर्न तयार हुन्छन ? आदिलको यो उपक्रम कायरता हो कि महान वलिदान ? कुनै समयको स्वतन्त्र देशलाई फौजी वलले कव्जा गरेर शासन गर्नुको परिणाम भारतीय शासक वर्ग भोग्दै छ । देश लुटिएकाहरू सँधै अशान्त ह?ुन्छन । देश लुटिएका नागरिकहरू आत्मघात गर्न तयार हुन्छन हुन्छन। आदिल ! तिमीले संघर्षको जुन तरिका अपनायौ , त्यो तरिकासँग म सहमत छैन । तिम्रो तरिकाले राफेल घोटाला काण्डले वदनाम भएको भारतीय सरकारलाई उल्टै सहानुभूति मिल्ने निश्चित छ। यो तरिकाले अव तिम्रो माटोका हजारौं निर्दोष नागरिकहरू प्रायोजित आतङ्ककारी बन्ने र सत्ताको वर्वर आक्रमणको निशाना बन्ने पक्का छ । तिम्रो तरिकालाई विश्वभर आतङ्कवादी हमला भनेर दुत्कारिन्छ। तिमीले लड्ने तरिका वदल्नु पर्थ्यो ।
तर तर …….राष्ट्रिय दुश्मनप्रतिको तिम्रो अपार घृणा र जीवन उत्सर्ग गर्ने उल्लासमय तरिकाको लागि तिमीलाई सलाम छ । अन्तिम यथार्थमा हिजो मर्ने बयालिस जना जवान हैन तिमी चै सहिद हौ !
भारतमा जव यस्तो घटना घट्छ तव वर्ग/राष्ट्र तथा विचारधाराको मृत्यु हुन्छ ।यौटै विचारधारा प्रचलनमा आउँछ – शासकीय विचारधारा ! साराका सारा वामहरू पनि नाकाम हुन्छन र प्रतिकृयावादी सत्ताकै भाषा वोल्न थाल्छन। हिजो कस्मिरमा भएको हमला पाकिस्तानले गरेको थिएन। श्रीनगरकै एउटा एक्काइस वर्षे ठिटोले गरेको थियो। किन कोही वारम्वार आफैंलाई वारुधमा उडाउँन तयार हुन्छ ? कुनै ऐतिहासिक जव्वर कारण नभै मान्छे कसरी मर्न तयार हुन्छ ? जम्मु कस्मिर कुनै वेला अलग देश थियो ।पछि भारतले वलपूर्वक गाभेको हो । कतै त्यो ठिटो महान कस्मिरी स्वतन्त्रता संग्रामको नायक त होइन ?
सरसर्ती सुनेंका थे उस्को मुख बाट मैले दिउँसो । यी सव शुन्यतामा आफ्नो चेतना हरु बिलिन गराउदै ।
सोचे मैले । निक्कै गम्भीर भएर । घोत्लियर । भारतिय सिमा अतिक्रमनको बिरुद्द्मा बिस्तारबादको बिरुद्धमा आफ्नो माटोको रक्षाको लागि र स्वाभिमानको लागि कोहि आदिल हरु सांच्चै छैनन र यो देसमा ??
के नेपाल आमा को छाती माथी कसैले बुट बजार्दै गर्दा बारुद संङ्ग उड्न कसैको जब्बर हिम्मत छ?
ताम्शालिङलाइ छपक्कै छातिमा टांसेर म कास्मिर सम्झन्छु
र कास्मिरी क्रान्तिकारी ती पुस्तालाइ सलाम गर्दछु ।
– अर्पन मोक्तान

थप समाचारहरु

Latest News