ज्ञान लामा “सबल समृद्ध जिल्ला निर्माणमा प्रबासिको योगदान सहयोग र सद्भाव सबैमा ओखलढुंगा सेवा समाज कतारको अभियान” भन्ने मुल नाराका साथ ओखलढुंगा सेवा समाज कतारको सातौं अधिबेशन २०१९ तथा सम्मान कार्यक्रम हिजो बिहान केरला कल्चर सेन्टर, मुन्ताजा कतारमा भब्य रुपमा सम्पन्न भएको छ ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष श्री नबिन पोखरेलको प्रमुख आतिथ्य र प्रदेश नं. १ समन्वय परिषद कतारका अध्यक्ष श्री चुडामणि कार्कीको विशेष आतिथ्य साथै प्रदेश नं. १ अन्तर्गतका जिल्ला संस्थाहरू लगायत अन्य सहयोगी संस्थाहरू, सामाजसेवी व्यक्तित्वहरू, जिल्लाबासीहरू, विभिन्न मिडिया संग सम्बन्धित पत्रकार मित्रहरु लगायत शुभचिन्तकहरूको गरिमायम उपस्थितिमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा वोल्नुहुँदै निवर्तमान अध्यक्ष अशोक तामाङले आफ्नो कार्यकालले संस्थाको उद्देश्य र भावना अनुरूप सामाजिक क्षेत्रमा जिल्लामा एम्बुलेन्स सेवा संचालन लगायतका अन्य धेरै परोपकारी कार्यहरू गर्ने कोशिस गरेकों र केही हदसम्म सफल पनि भएको वताउनुभयो । साथै उहाँले ओसेस परिवार, कतारमा स्थापित जिल्ला संस्थाहरु, अन्य कृयाशील संघ संस्थाहरु, कतार स्थित नेपाली समुदायका अग्रज व्यक्तित्वहरू लगायत सम्पूर्ण शुभचिन्तकहरू धन्यवाद व्यक्त गर्नभयो । साथै एक प्रसंगमा उहाँले आफ्नो कृयशीलतामा कति पनि कमी आउन नदिने प्रतिवद्धता जनाउनु भएको छ ।
हिजो सम्पन्न ओखलढुंगा सेवा समाज कतारको सातौं महाधिवेशन बाट अध्यक्ष श्री भिम तामाङ ज्यू र उपाध्यक्षमा सविना तामाङ निर्विरोध निर्वा्चित हुनुभएको छ ।