काभ्रेको अनैकोटमा ख्याती प्राप्त कलाकारहरुको साथमा वृहत ल्होछार कार्यक्रम हुँदै !!!
January 19, 2019 | Gyanlama | 3:17 pm


ज्ञान लामा
तामाङ जातिको महान साँस्कृतिक पर्वको रुपमा रहेको राष्ट्रिय सोनाम ल्होछारको अवसरमा काभ्रेको अनैकोटमा यही माघ २६ गते शनिवारका दिन २८५५ औँ फाग ल्हो राष्ट्रिय सोनाम ल्होछार बृहत साँस्कृतीक कार्यक्रम २०७५ अनैकोट भ्यु टावर आयोजना गरिएको छ ।
ताम्सालीङ ह्युल्सा स्हेङ्वारी जम्वुलीङ्ला मोक्कोन तामाङ गिक ताई भन्ने मुल नाराको साथमा स्थापना भएको नेपाल तामाङ घेदुङ पाँचखाल नगर कमिटीले आफ्नो स्थापना कालको पहिलो वर्षमै तामाङ समुदायको महान पर्वलाई र्हस्सोलासका साथ भव्य र सभ्य रुपमा आयोजना गरेको हो । कार्यक्रममा जिल्ला भित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अवसरमा तामाङ लोक सँस्कृतिमा आधारित विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने आयोजक कमिटीले वताएको छ ।

नेपाल सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाल तामाङ घेदुङका केद्रीय महा सचिव तथा तामाङ भाषा तथा संस्कृत विद् वावु घिसीङ, तामाङ ईतिहास विद तथा दक्षिन कोरीयाका पुर्व राजदुत कमान सिं लामा लगायतले तामाङ समुदायको ल्होछार किन मनाउने, कहिले मनाउने, यस्को ईतिहासको वारेमा प्रस्ट पार्नुहुने आयोजक कमिटीले जनाएको छ । कार्यक्रममा मन्त्री वास्कोटालाई तामाङ समुदायको महान पर्व राष्ट्रिय सोनाम ल्होछार पर्वलाई नेपाल सरकारले दुईदिन सार्वजनीक विदा दिनको लागी ज्ञापन पत्र वुझाउने नेपाल तामाङ घेदुङ पाँचखाल नगर कमिटीका अध्यक्ष इन्द्र वहादुर दोङले वताउनु भएको छ । कार्यक्रमलाई अनैकोटको भ्यु टावरमा संचालन गर्नूको मुख्य उदेश्य भनेको अनैकोटमा रहेको भ्यु टावरलाई संरक्षण तथा प्रर्वधन गर्नका लागी मन्त्री वास्कोटाको ध्यानाकार्षन गरिने जनाएको छ ।
कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु गायीका इन्दिरा गोले, गायक तथा संगीतकार विश्व दोङ, तामाङ चलचित्र जगतका सुपरस्टार नायक अमिर दोङ, खलनायक तथा हाँस्यकलाकार कुईसाङ रुम्वा, गायक तथा संगीतकार प्रयास दोङ, नायीका सुष्मा मोक्तान, गायीका मोनीका मोक्तान, गायक मदन घ्लान गायक मुस्कान योन्जन लागायत स्थानीय कलाकार मोडल टुल्कु लामाको नेतृत्वमा स्थानीय कलाकारहरुको वृहत सांस्कृतीक कार्यक्रम हुने आयोजक कमिटीले जनाएको छ ।

थप समाचारहरु

Latest News