ख्लासी आनिउमा नायक ऋतुराज पाखृनको अबतार रुप (भिडियो सहित)
January 14, 2019 | Gyanlama | 11:52 pm


ज्ञान लामा
रोशी फिल्मसको व्यानरमा तामाङ कथानक चलचित्र ख्लासी आनीउ अर्थात छोडी नजाउको सुटिङ सिन्धुली लगायतका क्षेत्रमा धमाधम भईरहेको छ । यस चलचित्र सामाजिक कथा, र वर्तमान समयमा भईरहेको युवायुवतीको माया प्रेमलाई चोटिलो ढंगले प्रस्तुत गरिने निमार्ण पक्षले जनाएको छ । चलचित्र अलि मोर्डन र फुल्ली एक्सनमा वन्ने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रलाई सिन्धुलीका विभिन्न रमणीय स्थान, सिन्धुली बजार, धुरा फाट, मरिम, सेल्फी डाडा, रातमाटे, सिन्धुलि गढी, खुर्कोट नेपालथोक लगायतका स्थानमा सुटिङ गरिने निमार्ण पक्षले जनाएको छ । चलचित्रलाई बैशाख नयाँसाल भित्रमा प्रर्दशन गरिने पनि निमार्ण पक्षले जनाएको छ ।

चलचित्रमा नायक तथा स्कृप्ट राईटर ऋतुराज पाख्रीनलाई अलि फरक रुपमा देखिने भएको छ । चलचित्र न्यु जेनेरेसनलाई म्याच गर्ने भएर पनि होला नायक ऋतुराजको चलचित्रमा गेटअप देखि सवैकुरालाई अलि फरक धारले देखाईने भएको छ । तमाङ कथानक चलचित्र सेमतावा म्ही र शेर्कू चलचित्र प्रर्दशन पछि नायक पाख्रीनलाई कल्चर नायकको ट्याग लगाईएको छ भने यो चलचित्रलाई ऋतुराजले कतिको न्याय दिन सकिन्छ यो भने हेर्न वाँकी छ ।

अरुण घिसीङको निर्माण तथा निर्देशन रहेको यस चलचित्रमा नायक तथा स्कृप्ट राईटर रीतुराज पाख्रीनको कथा रहेको छ । चलचित्रलाई विक्रम मोक्तानले छायाकंन गर्नु भएको छ भने अमृत लामाको संगीत तथा अमृत लामा, विशाल थिङ, जितु लोप्चन, अन्जु थोकर लगायत वविता पाख्रीनको आवाज रहने छ । अजय स्याङतानको नृत्य निर्देशन रहेको यस चलचित्रमा जीवन वोम्जनले गीत लेख्नु भएको छ । चलचित्रमा रितुराज पाख्रीन, शुस्मा मोक्तान, सुनिता वाईवा, निश्चल योञ्जन, प्रकाश तामाङ, कुईसाङ रुम्बा, राजकुमार लामा र अनिता नेगीको प्रमुख भुमीका रहेको छ ।

भिडियो हेर्नुहोस्:

थप समाचारहरु

Latest News

shares