तामाङ कथानक चलचित्र `शेर्कु´ अब कतारमा विशेष शो हुँदै !!!
December 13, 2018 | Gyanlama | 1:34 am


ज्ञान लामा
तामाङ कला र संकृतीको जगेर्ना गरौं, बिश्व भरी छरिएर रहेका तामाङ कलाकारहरु एक हौं, भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापना भएको यस संस्थाको आयोजनामा भर्खरै स्थापना भएको “प्रतिभा उत्थान कोषको” सहयोगार्थ तामाङ कथानक चलचित्र शेर्कु यहि डिसेम्बर २१ तारिखमा केरला कल्चर सेन्टरमा बिहान ११ बजे देखि बिशेष च्यारिटी शो हुने भएको छ ।

हल फुल शो भएको तामाङ कथानक चलचित्र शेर्कु राष्ट्रिय नाच घर जमल काभ्रे लगायत विभिन्न स्थानमा बिशेष शो भए पश्चात् अत्याधिक दर्शकको माया बटुल्न सफल तामाङ कथानक चलचित्र हो । चलचित्र शेर्कु पहिलो पटक बिदेशमा शो हुन लागेको हो । तामाङ समुदायले भोगेको यथार्थ कथा बस्तु, कलाकारहरुले निभाएको जिबन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको छ । चलचित्र शेर्कुलाई लिएर चलचित्रका नायक रितुराज पाख्रीन यहि डिसेम्बर १९ तारिखमा कतार प्रस्तान गर्दै हुनुहुन्छ । नायक रितुराज पाख्रीनको यस अघिको चलचित्र सेम ताबा म्हि ले पनि अत्याधिक दर्शकको उपस्तिथिमा हल फुल शो भएको थियो । उत्त चलचित्रले अमेरिकमा भएको फिल्म अवार्डमा ३ बिधामा अवार्ड जित्न सफल भएको थियो ।

राज कुमार मोक्तानले निर्देशन तथा निर्माण गरेको चलचित्रमा नायक ऋतुराज पाख्रीन, नायिकाहरु चाँदनी मोक्तान, उर्मिला वाईबा, सुस्मा थिङ, सुस्मा मोक्तानका साथै विकास स्याङ्तान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेका छन् । त्यसैगरी चलचित्रमा राज कुमारसँगै सिद्धार्थ मोक्तानको पनि निर्माण रहेको छ भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मोको सह–निर्माण रहेको छ ।

ऋतुराज पाख्रिनको कथा लेखन रहेको चलचित्र ‘सेर्कु’को छायांकन र सम्पादन रोशन फ्युबाले सम्हाल्नु भएको छ भने, पास्र्व ध्वनीको काम पवन वाङले गर्नु भएको छ । जीवन बोम्जन र राज कुमार मोक्तानको शब्द, रचनामा तय भएको गीतमा आर बि लामा र राजकुमार मोक्तानले संगीत भर्नु भएको छ भने जितु लोप्चन, अमृत लामा र आर बि लामाले स्वर बद्द गर्नु भएको छ ।

थप समाचारहरु

Latest News