आखिर को हुन यी जोडी, जो आफ्नो पहिले गीत बाटै भाईरल बन्दै !!!
December 2, 2018 | Gyanlama | 2:52 pm


ज्ञान लामा
तामाङ गीत संगीत जगतमा नयाँ कलाकारको उदय हुनु सामान्य जस्तै भईसकेको वेला भर्खरै मात्र सार्वजनीक गीत ‘एला डान्वा खामा मायाँ’ वोलको गीतको म्युजीक भिडियो सार्वजनीक भए संगै यी दुई जोडीको चर्चा परिचर्चा वड्न थालेको छ । को हुन यी जोडी, के यीनीहरुको यो म्युजीक भिडीयो पहिलो नै हो त, तर भिडियो हेर्दा यी दुईलाई धेरै म्युजीक भिडियो खेलिसकेको भान हुन्छ । यी जोडीमा रहेको योसफ लामा प्रेमी को यो पहिलो अभिनय भने प्रमीका याङकीको भने यो पहिलो अभिनय होईन भिडीयोमा यी दुईलाई निकै सुहाएको पनि दर्शकले कमेन्ट गरेका छन् । यी दुई जोडी आफ्नो पहिलो प्रयाशलाई दर्शकले यती धेरै माया गरिदिदा भावुक वनेका छन् र आगामी दिनमा यसै क्षेत्रमा रहने प्रण पनि गरेका छन् । यती खेर सम्र्पुण दर्शकले यस गीतलाई निकै चासो र फरक ढंगले हेरीरहेका छन् । नहेरोस पनि कसरी यस गीतका स्वयम निर्देशक समेत छक्क परेका थिए यी दुईको अभिनय देखेर आफुले नसोचेकै अभिनय गरेकाले नायक तथा निर्देशक अमीर दोङले यी दुईको खुलेरै प्रशंसा गर्नुभएको छ ।

एउटा साचो माया गर्ने प्रेमी, जो माया गर्ने मात्र हैन मायाको अर्थ वुझेर त्येस्लाई निभाउन पनि सक्ने, आफ्नो मान्छे आफु संग नभएसी पिएर नै सारा जीवन विताउने एउटा पागल प्रेमीलाई एस गीतमा प्रस्तुत गरीएको छ । साथै यस गीतमा आफ्नो मान्छेको लागी आफ्नो ज्यानकै वाजी लगाउने, उ नै सारा संसार, उनै सवथोक जो विना आफु मरुतुल्य हुने कथालाई यस गीतमा प्रस्तुत गरीएको छ । गीत निकै मन छुने जो कोहीको आखा रसाउने वनेको छ । जस्लाई सार्थक रुप दिन निर्देशक तथा नायक अमीर दोङको योगदान प्रशंस योग्य छ भने जीवन्त वनाएका छन् योसफ लामा र याङ्की दोङ तामाङले । अन्तमा साचो मायामा त्याग पनि गर्न सक्नु पर्छ भने जस्तै आफ्नो प्रमीकालाई वचाउने प्रयाशमा रहदा रहदै आफ्नो प्रेमीकाको काखमा प्राण त्याग गरीएको छ । र यो गीतले मध्यपान स्वास्थयको लागी हानीकारण हुन्छ जस्ले ज्यानै लिन सक्छ भन्ने संदेश दिएको छ ।
आफ्नो पहिलो अभिनय बाटै निकै चर्चा कमाएका यी दुई जोडी धेरैले धेरै समय प्रतीक्षा गरेको ञएला डान्बा खामा मायाझ बोलको गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।

यस गीतलाई सार्वजनिक भएको छोटो समयमा नै निकै धेरै जनाले हेरेका छन । युट्युबमा यस गीतको दर्शकहरूले खुलेरै प्रसंशा गरेका छन । केही महिना अघि युट्युबमा सार्बजनिक भएको यस गीतको अडियोलाई १८,००० दर्शकले सुनेको छन् ।

सार्बजनिक गितमा हस्त लामा (हार्दिक) को मर्म स्पर्सी शब्द गायक तथा संगीत्कार निमा दोङको मनै छुने संगीत तथा गायक हावा लामाको कर्ण प्रीय आवाज रहेको छ । सरगम स्टुडियोमा रेकर्ड भएको यस गीतलाई दिपेश प्रदानले रेकर्ड तथा मिक्सीङ गर्नु भएको छ । निर्देशक तथा नायक अमीर दोङको सफल निर्देशन रहेको यस गितमा डेब्यु मोडल योसफ लामा र याङ्की दोङ तामाको जिबन्त अभिनय रहेको छ । बिक्रम मोक्तानले छायांकन गर्नु भएको यश भिडियोलाई सुर्य लामाले सम्पादन गर्नु भएको छ । तामाङ सुपर स्टार डम्फु मिडियाले पोस्ट प्रोडक्सन गर्नु भएको छ भने डम्फु मिडिया हाउसको अफिसियल युट्युब च्यानल मार्फत यो भिडियो सार्बजनिक भएको छ । आगामी यी दुईको अभिनय थात्रा कहाँ समम जाला तर जाँहा सम्म जान्छ यसरी नै सवैको माया पाईराखोस हाम्रो शुभकामना

भिडियो

थप समाचारहरु

Latest News