युवा व्यवसायी आकाश बन्जराद्धारा रचना मोक्तान यात्रीलाई शैक्षिक सहयोग
November 18, 2018 | Gyanlama | 2:37 pm


चितवन रत्ननगर खोलेसिमलमा जन्मिनु भै हाल हाङकङमा रहदै आएको युवा व्यवसायी आकाश बन्जराले आर्थिक अवस्था कमजोर रहेका रचना मोक्तान तामाङलाई शैक्षिक सहयोग गरेका छन । सानो ठिमी क्याम्पस भक्तपुरबाट मास्टर्स डिग्री गरेर नेपाल ल क्याम्पास काठमाडौंबाट एल। एल। वि। पहिलो वर्षमा अध्ययनरत छात्रा मोक्तानलाई शैक्षिक प्रगतिको कामना सहित पहिलो वर्षको आर्थिक सहयोग स्वरुप रु १५०००।
(पन्ध्र हजार सहयोग रकम मोक्तानको प्रभु बैकमा रहेको 01901000868127000001 खातामा जम्मा गरि दिएको छ। मोक्तानको अहिलेसम्मको शैक्षिक अवस्थालाई बुझ्दा प्लास टु गाउकै काका मान ध्वाज मोक्तानको सहयोगमा , ब्याचलर रोशी गाउँ पालिका प्रमुख डि बि मोक्तानको सहयोगमा र मास्टर्स डिग्री डा। दिपेन्द्र गुरुङ ९ भू। पु शिक्षा अधिकारी काभ्रे० को सहयोगमा अध्ययन गरेकी हुन भने हाल एल एल बि अध्ययनरत मोक्तानको कानुनी सङ्काय एल एल बि मा लाग्ने सबै शैक्षिक खर्च युवा व्यवसायी आकाश बन्जराले गर्ने कुरा मोक्तानले स्टार अनलाइन मिडियालाइ बताएको छ । मोक्तानको तर्फबाट सहयोगी मनको धनी आकाश बन्जरा लगायत सम्पूर्ण सहयोगी दाताहरुलाइ हृदय देखि धन्यवाद व्यक्त गरेकी छिन । युवा व्यवसायीले विभिन्न विद्यालय , आर्थिक अवस्था कमजोर रहेको विद्यार्थी र उपचार खर्च नपाइ तड्पी रहेका बिरामीलाई सहयोग गर्दै आएका छन ।

थप समाचारहरु

Latest News