पाँच पाँच जना केटि अघिपछी लागे पछि नायक कुमार मोक्तान को सङ्ग घरजम गर्ने अन्योलमा !!!
November 2, 2018 | Gyanlama | 11:10 am


ज्ञान लामा
मङ्सिर नजिकिए सङ्गै नायक कुमार मोक्तान तामाङ अन्योलमा पर्नु भएको छ । पाँच पाँच जना केटिहरु अघिपछि मोक्तान को सङ्ग घरजम बसाउने अन्योलमा पर्नु भएको हो । यो प्रसङ्ग जो भर्खरै सार्बजनिक भएको गायक तथा सङ्गितकार युनिक दोङको छामे घोर्ङाको म्युजिक भिडियोको । धेरै समय पछि मोक्तान र सीता थिङ एकै साथ देखिएको छ भने म्युजिक भिडियो उत्कृष्ट देखिएको छ । गितमा सीता र कुमार दुबैको अघि पछि पाँच पाँच जना केटा केटि पछि लागेर को सङ्ग बिहे गर्ने अन्योल छाएको भाब गितमा प्रष्ट देखीएको छ । सेलो दोहोरी बिटमा निर्माण भएको गितमा कुमार मोक्तानले पनि आफ्नो नाच्ने कलालाई मज्जैले निभाउनु भएको छ भने समय समयमा गोकुल तामाङको कमेडिले गितलाई झनै सार्थक दिएको छ । काभ्रेको रमणीय स्थलहरुमा छायांकन गरिएको यस गितमा समय समयमा कुमार सीता को झगडा माया प्रस्तुत गरिए पनि अन्तमा भने हात लायो सुन्ना भएको छ ।

भर्खरै सार्बजनिक गितमा सानुवावु घिसिङको शब्द/संगीत नोर्बु शेर्पाको एरेन्ज तथा जितु लोप्चन र युनिक दोङले संयुक्त रुपमा स्वरबद्ध गर्नु भएको छ । गितमा कुमार मोक्तान र गोकुल तामाङ्लाई प्रमुख भुमिकामा देखिएको छ सङ्गै ह्याङला को म्हेन्दो मिडिया हाउसका कलाकारहरुको पनि सहभागीता रहेको छ। सुनिल मोक्तानले निर्देशन गर्नु भएको यस गितलाई अशोक रन्जितले सम्पादन गर्नु भएको छ भने सुरेश काफ्लेले ड्रोन क्यामेरा मार्फत छायांकन गर्नु भएको छ ।

थप समाचारहरु

Latest News