नायक कुमार मोक्तान रन्जुको हात माग्न जादै !!!
October 16, 2018 | Gyanlama | 3:38 pm

ज्ञान लामा
तामाङ चलचित्र जगतका सुपर्स्टार नायक कुमार मोक्तान तामाङ पछिल्लो समय तामाङ चलचित्र सङ्गै तामाङ सेलो म्युजिक भिडियोहरुमा पनि उत्तिकै छाउदै हुनुहुन्छ । विशेष गरि डान्समा अलि कमजोर दिखिएका तामाङ पछिल्लो समय भने जम्बुलिङ्री बोलको तामाङ कथानक चलचित्र काला दागमा समाहित गित बाट आफ्नो कम्जोर पक्ष डान्सलाई ब्रेक गर्नु भएको छ ।

उहाँ द्वारा अभिनित तामाङ सेलो दोहोरी `आङिकि´ छोरी बोलको गित सार्बजनिक भएको छ। सार्बजनिक गितमा कुमार मोक्तानको आङिकी छोरिको भुमिकामा रन्जु तामाङलाई देखिएको छ । काभ्रेको पर्यटकिय स्थल नमोबुद्ध आसपासको दृश्यमा कैद भएको कुमार र रन्जु तामाङ पहिरनमा निकैनै लोभ लाग्दो देखिएका छन । भिडियो भरिनै कुमार रन्जुको पछि लाग्दा लाग्दै अन्तमा आफ्नै पारेर छोडेका छन ।

सार्बजनिक गितमा सानू वाइबाको शब्द सङ्गित रहेको छ भने जोगलाल लामा र इन्दिरा गोले गुरुङको आवाज रहेको छ । नोर्बु शेर्पाले यस गितलाई एरेन्ज गर्नु भएको छ भने सुरेश काफ्लेले छायांकन गर्नु भएको छ । सुनिल मोक्तान तामाङको निर्देशन रहेको यस गितमा ह्याङला को म्हेन्दो मिडिया हाउसका कलाकारहरुको पनि भुमिका रहेको छ । सार्वजनिक गित ह्याङ्ला को म्हेन्दो मिडिया हाउसको आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

थप समाचारहरु

Latest News