जन्म दिनको अवसरमा यसरी गोप्य कुरा खुल्यो चादनी मोक्तान र अमीर दोङको !!!
October 12, 2018 | Gyanlama | 7:52 am


ज्ञान लामा
तामाङ चलचित्र जगतका दुई हस्तीहरु (चादनी मोक्तान र अमीर दोङ) को आज एकै दिन जन्म दिन परेको छ । जस्ले गर्दा सामाजिक सन्जाल फेसबूक मा यति खेर यी दुई हस्तिहरुको फेसबूक वालमा जन्म दिनको शुभकामनाको बर्षा भैरहेको छ । अरु बर्ष भन्दा यी दुई कलाकारको यस बर्षको जन्म दिनको शुभकामना दिने फ्यान फलोवरस्को ओइरो लागेको छ ।
चादनि मोक्तान
चादनी मोक्तान
तामाङ चलचित्र जगतका त्येस्ता नायिका हुन जो सदाबहार हिट रहिरहन्थिन, रहिरहन्छिन र रहिरहेने छिन । सौर्न्दर्य कि धनी मायाकी खानी नायिका मोक्तानले हाल सम्म दर्जन भन्दा बडि तामाङ चलचित्र, जापानी प्रोजेक्ट सङ्गै नेपालि चलचित्र कठ्पुतली, सिरिसको फुल र माई लभमा आफ्नो कुशल अभिनय गरिसक्नु भएको छ । बिबाह पश्चात् चलचित्र नगरिबाट पलायन हुने चलचित्र क्षेत्रलाई नै तिलान्जली दिने नायिकाहरुको एउटा ट्रेनलाई भने नायिका मोक्तानले तामाङ कथानक चलचित्र शेर्कुमा करिब आठ बर्ष पछि कमब्याक गर्नु हुँदै ब्रेक गर्नु भएको छ । नायिका मोक्तानले तामाङ कथानक चलचित्र सेर्कु मार्फत तामाङ चलचित्र जगतलाई कायापलट नै गराउनु भएको छ ।

जन्म दिनको अबसरमा नायिका मोक्तानले आफ्नो एक गोप्य कुरा बताउनु भएको छ । नया नेपाली चलचित्र आउदै गरेको र जसमा पाइलट बिजय लामाको जोडिको रुपमा आफू देखिने कुरा खुलासा गर्नु भएको छ । बिजय लामा यतिखेर चादनी मोक्तानको जोडीको रुपमा आफुलाई प्रस्तुत गर्न निकै नै कडा मिहिनेत गरिरहेको पनि नायिका मोक्तानले बताउनु भएको छ । जन्म दिनको अबसरमै उहाले जनाता टिभी कै नया रेडियो लन्च हुने कार्य अन्तिम चरनामा पुगेको पनि बताउनु भएको छ । जन्म दिनकोअबसरमा खासै केही ठुलो योजना नरहे पनि साझ परिवार इस्ट्मित्र कलाकार पत्रकार सङ्ग रहेर केक काटेरै जन्म दिन मनाउने नायिका मोक्तानले बताउनु भएको छ ।

नायिका मोक्ताको यो कति औं जन्म दिन हो त्यो भने उहाँले गोप्य नै राख्नु भएको छ ।

अमीर दोङ
अमीर दोङ तामाङ चलचित्र जगतका एक यस्ता धरोहर बन्नु भएको छ । जो आफ्नो सम्पुर्ण जीवन नै तामाङ चलचित्र ठान्नु हुन्छ । तामाङ समुदायकै लागि आफ्नो जन्म भएको र यसै समुदायको लागि केही गर्ने अठोट नायक दोङको रहेको छ । करिब दुई दर्जन बडि चलचित्रमा अभिनय गरिसक्नु भएका नायक दोङ तामाङ चलचित्र जगतमा एक्सन भित्र्याउने नायक भनेर पनि चिनिन्छ । पछिल्लो समय नायक दोङलाई तामाङ कथानक चलचित्र मायासे लासी मार्फत (म्हाने खेप्पा) भनेर अझ बडिले चिन्ने गरेको पाइन्छ ।

जन्म दिनको अबसरमा नायक अमीर दोङले पनि अफ्नो एक गोप्य कुरा बाहिर ल्याउनु भएको छ। तामाङ कथानक चलचित्र ङिङ्जे शो भैसके पश्चात् तामङ चलचित्र जगतमै इतिहास रच्ने हिसाबले एकै साथ दुई चलचित्र सम्धी र देन्बा माया भाग दुई निर्माण गर्ने बताउनु भएको छ । नायक दोङले आज आफ्नो अफिसियल फेसबूक मार्फत लाइभ आएर यी दुई चलचित्रको सुभ मुहर्त गर्ने जानकारी दिनुभएको छ । यो भन्दा अघि पनि खासै हर्सोस्लास का साथ जन्म दिन नमनायका दोङ यसपाली पनि खासै कुनै योजना नरहेको र दिउँसो आफ्नै कार्यमा ब्यस्त रहे पनि साझ साथिभाईहरुको साथमा जन्म दिन मनाउने नायक दोङले बताउनु भएको छ ।

नायक दोङले पनि यो आफ्नो कति औं जन्म दिन हो त्यो भने गोप्य नै राख्नु भएको छ ।
थप भिडियो वाट:

थप समाचारहरु

Latest News