तामाङ कथानक चलचित्र म्हारमेनको शुभ मुर्हत सम्पन्न, दशै अघि वाटै छायंकन गरिने !!!
October 11, 2018 | Gyanlama | 12:44 pm


ज्ञान लामा
एभरेष्ट फेसन होमको निमार्णमा बन्न लागीएको तामाङ कथानक चलचित्र म्हारमेनको आज शुभ मुर्हत गरीएको छ । समाज सेवि तथा तामाङ घेदुङका अक्ष्यक्ष सुनि लामा थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मेट्रोलन्च, सिटिम्याक्स, वागवजारमा भएको थियो, शुभ मुर्हत कार्यक्रममा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ, चलचित्र म्हारमेनका निर्देशक अजय स्याङतान, स्कृप्ट राईटर रितुराज पाख्रीन, नायक अमीर दोङ, नायीका रन्जीता ब्लोन, अर्की नायीका डोल्मा मनाङथेन, गीतकार फुलकुमार वोम्जन, म्हारमेन युनिट, तामाङ चलचित्र कर्मीहरु, पत्रकारहरु, समाजसेवी, लगायतको बाक्लो सहभागीता रहेको थियो । चलचित्रको शुभारम्भ प्रमुख अतिथीको हातवाट दियो वालेर गरिएको थियो । चलचित्र अव छिट्टै शुटिङ हुने कुरा पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रलाई विशेष गरेर काठमाडौंको नारायणस्थान आसपास लगायत भारतको व्रोडरमा छायांकन गरिने निमार्ण पक्षले जनाएको छ ।

चलचित्र म्हारमेन विशुद्ध तामाङ समुदायको प्रतिनिधित्व गरेको र तामाङ समुदायको यर्थाथ कथा वस्तुमा आधारीत चलचित्र रहेको निमार्ण युनिटले जनाएके छ । चलचित्र एक अवोध तामाङ वालीकाको जीवनमा आधारीत रहेको र चलचित्रमा म्हारमेनलाई मुख्य भुमिकामा देखिन सक्ने भएको छ भने म्हारमेनकै जीवनमा घट्ने विविध घटना परिघटनामा आधारीत रहेर चलचित्र निमार्ण हुने भएको छ । देशमा जरो गाडीरहेको नेपाली समुदायको चेलिवेटी वेचविखनको कथा यस चलचित्रमा प्रस्तुत गरिने भएको छ ।

तामाङ चलचित्र जगतका कुनै वेलाका हट केक नायीका रन्जिता ब्लोन द्धारा अभिनीत तामाङ कथानक चलचित्रको आज भएको शुभ मुहुर्त कार्यक्रममा चलचित्र म्हारमेन भनेको के हो र चलचित्र कस्तो कथामा आधारीत रहने छ भन्ने कुरा प्रष्ट्याईएको थियो । चलचित्र म्हारमेनको अर्काे रोमान्चक पक्ष भनेको लामो समयको अनतराल पछि अमीर दोङ र रन्जीता ब्लोनलाई एकै साथ एर्क स्कृनमा देखिन पाउने भएको छ । जसले गर्दा चलचित्र सफल हुने निमार्ण पक्षले दावी गरेको छ । रन्जीता ब्लोन र अमीर दोङको अघिल्ला चलचित्रले झै यो चलचित्रले दर्शकको मायाँ कतिको पाउला त्यो जान्न भने चलचित्र वजारमा नआउन्जेल सम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

एभरेस्ट फेसन होमको ब्यानरमा बन्न लागेको चलचित्रलाई अजय स्याङतानले निर्देशन गर्नुहुने भएको छ । म्हारमेनमा नायक तथा स्कृप्ट राईटर ऋतुराज पाख्रीनको कथा तथा अजय स्याङ्तानको निर्देशन रहने छ । बिनोद लामा र सुनी लामाले संयुक्त रूपमा लगानी गर्न लाग्नु भएको यस चलचित्रलाई बिक्रम मोक्तानले छायांकन तथा सम्पादन गर्नुहुने छ । यस चलचित्रलाई डम्फु मिडिया हाउसले पोस्ट प्रोडुक्सन गरेको छ भने चलचित्रमा अमिर दोङ, रन्जिता ब्लोन र डोल्मा मनाङथेनलाई प्रमुख भुमिकामा देखिने भएको छ ।

 

थप समाचारहरु

Latest News