गायक तथा संगीतकार राजकुमार दोङको “आमा” वोलको गीतको म्युजिक भिडीयो सार्वजनीक !!!
October 6, 2018 | Gyanlama | 10:29 am


ज्ञान लामा
सन्जय योन्जन तामाङको निर्माणमा गायक राज कुमार दोङको तामाङ भाषाको गित `आमा´ साथमा `यम्बुमी ख्लासिन´ को म्युजिक भिडियो आज डम्फु मिडियाको अफिसियल युट्युब च्यानल बाट सर्बजनिक भएको छ । तामाङ कलाकार सङ्घ अध्यक्ष सन्जीव वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार रचना मोक्तानले आमाको भुमिका सङ्गै मानव जिबनमा आमाको योगदान आमाको माया बारेमा स्वागत मन्तव्य राख्न भएको थियो ।

बौद्धको फेमेली क्याफेमा सम्पन्न कार्यक्रममा साहित्यकार, गायक/गायिका संचार कर्मी लगायत १०० जनाको उलेख्य सहभागीता रहेको थियो । गरियो । दियो बालेर उद्द्घाटन र केके काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रम सन्चालन मोहन दोङले गर्नु भएको थियो । गायक राज कुमार दोङले गितको बारेमा आफ्नो मन्तव्य राख्नु हुँदै यो संसारमा आमा भन्दा ठूलो कुरा कुनै नभएको, आमाको माया अपार अमर रहने ब्यख्या गर्नु भयो । कार्यक्रममा तामाङ चलचित्र जगतका एक्सन किङ अमिर दोङ, नीर्माता सन्जय योन्जन तामाङले पनि म्युजिक भिडियोको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।

भर्खरै सार्बजनिक भिडियोमा राजकुमार दोङको शब्द/सङ्गित र स्वर रहेको छ, भने चादनी मोक्तान, सन्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको थियो । अमीर दोङको निर्देशन रहेको यश भिडियोलाई सन्जय योन्जन तामाङले निर्माण गर्नु भएको छ । बिक्रम मोक्तानले छायांकन गर्नु भएको गितलाई बुद्ध स्याङ्तानले एरेन्ज गर्नु भएको थियो ।
सङ्गै सार्वजनिक भएको याम्बुम ख्लासीन गितमा अर्जुन पुर्बेलिको शब्द, राजकुमार दोङ तामाङ र प्रकृति थिङ्को स्वर तथा बुद्ध स्याङ्तानको एरेन्ज रहेको छ । सुमन तामाङको निर्देशन रहेको यश गितमा अविरल तामाङ र बिमला तामाङको प्रमुख भुमिका रहेको छ ।

थप समाचारहरु

Latest News