लेकाली फूलमा सुस्मा मोक्तान साहुनी ?
October 6, 2018 | Gyanlama | 10:43 am


ज्ञान लामा
यो ठूलो भोताङमा , पैसाको जीवन , सोइ होले बोम्पो , बत्ती त बाल्ने जस्ता चर्चित गीत हरु पश्चात् पुन ङिमा ग्यल्बो तामाङले लेकाली फूल लिएर आएको छ । भिडियोलाई ल्हाप्साङ्कर्पो म्युजिक को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । चर्चित गायिका जितु लोप्चन र ङिमा ग्यल्बोको आवाजमा सजिएको यस् गीतलाई सिङ्ग बहादुर तामाङ र ङिमा ग्यल्बोले रचना गरेका हुन भने रोशन फ्युबा ले संगीत भरेका छन ।

नायिका सुस्मा मोक्तान र नव मोडल ए आर तामाङ को अभिनय रहेको यस् भिडियोमा सुस्मा मोक्तान लाई सहुनीको भूमिकामा देखाइएको छ भने ए आर तामाङ लाई लेकाली च्याङ्बाको भूमिकामा देखिन्छ । बाटोमै भट्टि पसल थापेको सुस्माले लेकाली च्याङ्बालाई जिस्काउदै लेक बाट केके ल्यायो भनेर सोधे पछी च्याङ्बाले चौरिको दुध , घ्यु , खुवा , कुराउने , सबै निकालेर दिन्छ । तोङ्बा को मातमा मस्त च्यङ्बा लाई नचाउदै साहुनी र अरु साथीहरुले च्याङ्बाको झोला घ्यु , दुध बोकेर भागे पछी भिडियो सकिन्छ ।

रोशन फ्युबा को निर्देशन, छायाँकन तथा सम्पादन रहेको लेकाली फूल लाई सिङ्ग बहादुर तामाङ ले निर्त्य निर्देशन गरेका हुन । पहिलेको भिडियोहरु जस्तै लेकाली फूल पनि उत्क्रिष्ठ बनेको प्रतिकृया दर्शक हरुले दिएका छन ।

थप समाचारहरु

Latest News