सबै दर्शकको मनमा बस्न सफल “सेर्कु” दोस्रो प्रदर्सन असोज 20 गते बौद्धको पृथ्वी हल टुसालमा !!!
October 5, 2018 | Gyanlama | 2:29 am


STAR ONLINE TV
गत महिना राष्ट्रिय नाचघर जमलमा दर्शकको वाउ वाउ र अत्यधिक रुचाएका तामाङ मौलिक कल्चरमा जस्ताको त्यस्तै टपक्क टिपेर पर्दामा उतारेको फिल्म “सेर्कु” यहि दसैंको टार्गेट गरेर यहि अशोज 20 गते बौद्धको पृथ्वी हल टुसालमा दिउँसो 4:00 बजे प्रदर्शन गर्ने भएको छ।

पछिल्लो समयमा तामाङ कल्चर फिल्मको माग निकै भएको देख्न र सुन्न सकिन्छ जुन सेर्कुले सबैको मन जितेको छ।हुन त यो भन्दा अगाडि कल्चर फिल्मबाटै चर्चा कमाएका सेर्कु टीमले “सेम ताबा म्हि” फिल्म बाट नै सबैको मन जित्न सफल भएको थियो।अहिले बजारमा सेर्कु टीमलाई कल्चर फिल्मको ट्याग लागिसकेको छ र जुन टीमलाई कल्चर फिल्म बनाउने मध्य नम्बर एक मै गनिन्छ।आफ्नो भेष भुषा र रितिरिवाज र संस्कारलाई फिल्मको मध्यम बाट सेर्कु टीमले आम दर्सकको मनमा राम्रो छाप छोडिएको पाईन्छ।फिल्म राम्रो हुन फाइट/ धेरै गीत र छोटो लुगा लगाउनु पर्छ भन्ने मान्यतालाई सेर्कुले नराम्रो झापट हानेको छ।टिपिकल कथा,साधारण ल्वाइ ख्वाइ , पुरानो भेष भुषा लाई जोड दिएर बनाएको सेर्कुमा कुनै फाइट बिना पनि फिल्म चल्न सक्छ भनेर प्रमाण देखाइसकेका छ्न।विशेष त सेर्कु फिल्म बलियो अनि सबैको मनमा बस्नुको कारण यस्को कथा बस्तु र कलाकारहरुको जीबन्त अभिनय हो।

सेर्कुमा ऋतुराज पाख्रीन आफैले कथा लेखेका हुन भने आफै मुख्य नायकको भुमिकामा देख्न सकिन्छ। पाख्रीनको अभिनय साच्चै हो भने कुनै थ्रेटरको कलाकारको भन्दा कम छैन।एकदम न्याचुरल र जीबन्त अभिनय गर्नु भएको छ। सेर्कुको चल्नुको कारण ऋतुराजको अभिनयले एक इटा थपेको भन्न सकिन्छ।त्यसै गरि दुइ दिदिबहिनीहरु सुस्मा मोक्तान र सुस्मा थिङको अभिनयले पनि दर्शकको मन छाप बसिसकेको छ। र फेरि सेर्कु लाई अघि बढ्नुमा अर्को इटा थपेको छ।सबैले कथालाई न्याय दिएका छन ।पुराना नायिका चादनी मोक्तान अभिनयको त कुरै नगरौ उहाको अभिनयमा एकदम निखारपन छ।नयाँ पिढिहरुले उहाको अभिनय हेरेर केहि कुरा सिक्न सकिन्छ भन्ने भान हुन्छ त्यस्तै नब नायिका उर्मिला वाइबाको पनि तारिफ गर्न योग्य अभिनयले स्याबासी कमाएकी छिन भने पत्रकार श्याम योन्जन, बिकास स्याङ्तान, मुस्कान तामाङ ,बैरागी मोक्तानको अभिनयले पनि दर्सकको मन जित्न सकिन्छ।

सेर्कुमा सबै कलाकारको काम तारिफ गर्न योग्य देखिन्छ।क्यामारा/ एडिटिङ् एकदम मेहनत गरेको देख्न सकिन्छ।अलिकति ब्यागग्राउण्ड म्युजिक कम्जोर देखिन्छ।भने निर्देशक राज कुमार मोक्तानको कामले पनि फिल्मलाई अर्को इटा थप्ने काम मिलेको देखिन्छ। त्यसैले त सेर्कु सबैको मनमा पर्न सफल भयो।निर्माण टीमले अनि कलाकारहरुले फेरि एक पल्ट सेर्कु हेर्न सबै दर्शकहरु सँग फेसबुक र बिभिन्न मिडियामा आग्रह गरेका छ्न।

थप समाचारहरु

Latest News