जंगबहादुर घिसिङको मौलिक तामाङ सेलो जुहारी सुनकोशी घुम्दै आउँदामा…. सार्वजनिक(भिडियो सहित)
September 29, 2018 | Gyanlama | 2:56 am


काठमाण्डौँ । सेलो गायक जंगबहादुर घिसिङ (सैलुङ्गे च्याङबा) ले सुनकोशी घुम्दै आउँदामा.. बोलेको सेलो भाका सार्वजनिक गरेका छन् ।
विहिबार सामाजिक सञ्जाल युट्यूब मार्फत गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्दै गायक घिसिङले तामाङ मौलिक सेलो जुहारीलाई गीत मार्फत सार्वजनिक गरेका बताए । गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा प्रस्तुत गरेको उनको भनाई छ ।

घिसिङले जात्रा तथा मेलामा गाउदै आएका तामाङ मौलिक शब्दलाई गीतमा समाबेश गरिएको छ । उक्त गीतमा शब्द संगीत घिसिङकै छ भने स्वरमा इन्दिरा गोलेले साथ दिएकी छन् । गीतलाई सतर्क मिडियाले बजार व्यवस्थापन गरिएको छ ।

थप समाचारहरु

Latest News