१४ वर्षीय मृगौला पिडित अमित मोक्तानलाई १ लाख ६८ भन्दा बढी सहयोग !!!
September 20, 2018 | Gyanlama | 12:28 am


मकवानपुर, ३१ भदौ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) मा मृगौला रोगबाट पिडीत एक बालकलाई भदौ ३० गते १ लाख ६८ हजारभन्दा बढी सहयोग प्रदान गरिएको छ ।

पर्ता निवासी अखिल कुमार मोक्तानको कक्षा १० मा अध्ययनरत १४ वर्षीय छोरा अमित मोक्तानलाई स्थानीय नोर्साङ जिम्बा तामाङको रोहोबरमा प्रवासका अभियान्ताहरुबाट संकलित १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो । लामो समय देखि दुबै मृगौला फेल भइ आफ्नो अध्ययन समेत स्थगित गर्न बाध्य भएका मोक्तानको परिवारको आर्थिक स्थिती समेत दयनीय र कमजोर भएका कारण पीडित अमितको मृगौला प्रत्यारोपण गर्नको लागि युवा समाजसेवी नोर्साङको पहलमा भदौ १५ गते देखि फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरिएको थियो ।सोही अभियान अन्तर्गत प्रवास स्थित सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक तथा सामाजिक अभियान्ता कृति गोले र सदस्य संगिता लोप्चनको विशेष पहलमा सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८ सय ४५, मलेसियाको जोरबारुमा कार्यरत राजु मुक्तानको पहलमा उनको कम्पनीमा कार्यरत साथीहरुबाट संकलित ३५ हजार ६ सय ८५ र लेवनानबाट बोम्जन सोनीको रोहोबरमा उनका साथीहरुबाट संकलित ६० हजार गरी १ लाख ६८ हजार ५ सय ३० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, वडा नम्बर १ का वडा अध्यक्ष शिव खनाल, वडा प्रतिनिधि तथा अन्य जनप्रतिनिधिसहित तात–तातो खबरका पत्रकार भाग्य नेपाली सहितको प्रत्यक्ष उपस्थितिमा पीडित अमित मोक्तानलाई उनकै निवासमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता नोर्साङ जिम्बा तामाङले आगामी दिनहरुमा पनि प्रवास स्थित तामाङ संघसंगठन लगायत अन्य संस्थाहरु प्रति यस्तै सहयोगको अपेक्षा गर्दै अमित मोक्तानको जिवन बचाउन आग्रह गरे । उनले सिन्धुपाल्चोक सेवा समाज कुवेतका महिला संयोजक कृती गोले, संगिता लोप्चन, राजु मोक्तान र सुनिता तामाङ लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

थप समाचारहरु

Latest News