आठ बर्ष ब्रेक भएपनी छुटेन अमिर दोङ र रन्जिता ब्लोनको प्रेमलिला !!!
September 17, 2018 | Gyanlama | 4:03 pm


ज्ञान लामा
दर्जन बडि तामाङ चलचित्रमा अभिनय गरिसकेकी रन्जिता ब्लोन करिब ८ बर्ष पछि तामाङ कथानक चलचित्र म्हार्मेन मार्फत पुन चलचित्रमा कमब्याक भएकि छिन । कुनै बेलाका हट केक नायीका रन्जिता ब्लोन बिबाह पश्चात् गुपचुप अबस्थामा नै रहिन । पछिल्लो समय तामाङ कथानक चलचित्र म्हार्मेन मार्फत रन्जिता ब्लोन र अमिर दोङ पुन एक साथ देखिन पाउने भएका छौं ।

बिबाह पश्चात् तामाङ नायीका मात्र हैन नेपाली नायीकाहरु पनि फिल्म क्षेत्रलाई तिलान्जली दिने गरेको उदाहरण हामी सामु टन्नै छन । केही समय अघि मात्र च्यारिटि शो भएको तामाङ कथानक चलचित्र शेर्कु मार्फत चादनी मोक्तानले पनि फिल्मी क्षेत्रमा पुन कम ब्याक गरेकी छिन ।
चाङ स्युइमे, दोर्जेला नाङ, ङाला कर्म आसेना लाबा गल्ती जस्ता तामाङ ब्लकबस्टर चलचित्रमा एकै साथ एउटै फ्रेममा देखिएका यो जोडिको चर्चा त्यो बेला यति धेरै चल्योकी धेरैले रन्जिता र अमिर बास्तबिक जिबनमै श्रीमान श्रीमती हुन तर त्यो सब रिल लाईफमा मात्र थियो । रन्जिताको पछिल्लो ब्लकबस्टर चलचित्र चाङ स्युइमेले यति धेरै दर्शकलाई रुवायो र हल फुल प्रदर्शन भयो कि जस्ले गर्दा अमिर र रन्जिताको प्रेम जोडिलाई साच्चै दर्शकले रिल हैन रियल लाईफमा नै भाको हेर्न चाहे तर यो सम्भब भएन र अन्तत रन्जिताले अर्कै युबा सङ्ग बिबाह गरिन । जति माया साथ सहयोग अघिल्ला चलचित्रमा यी जोडिले पाए भाबी दिनमा त्यो माया र साथ कतिको पाउला म्हार्मेन चलचित्र मार्फत रन्जिताले दर्शकको माया कति पाउछिन त्यो भने हेर्न बाकी छ ।

एउटा अबोध तामाङ चेलिको कथा समेटिएको यस चलचित्र दशै अघिनै सुटिङ हुने निर्माण पक्षले जानकारी दिएको छ। काठमाडौंको नारायणथान आसपास लगायत भारतको ब्रुडरमा छायांकन गरिने चलचित्रलाई अजय स्याङतानले निर्देशन गर्नु हुनेछ ।

एभरेस्ट फेसन होमको ब्यानरमा बन्न लागेको चलचित्रमा ऋतुराज पाख्रीनको कथा तथा अजय स्याङ्तानको निर्देशन रहने छ । बिनोद लामा र सुनी लामाले संयुक्त रूपमा लगानी गर्न लाग्नु भएको यस चलचित्रलाई बिक्रम मोक्तानले छायांकन तथा सम्पादन गर्नुहुने छ । यस चलचित्रलाई डम्फु मिडिया हाउसले पोस्ट प्रोडुक्सन गरेको छ । चलचित्रमा अमिर दोङ, रन्जिता ब्लोन र डोल्मा मनाङथेनलाई प्रमुख भुमिकामा देखिने भएको छ ।

थप समाचारहरु

Latest News