मोडल पेमा डोल्मा मोक्तानको `मोक्तान आपाला ङा जामे´ म्युजिक भिडियो सहित सार्बजनिक !!!
September 16, 2018 | Gyanlama | 5:19 pm


ज्ञान लामा
स्वर्गीय आदरणी चर्चित शब्द संकलक खड्ग बहादुर मोक्तानकी सुपुत्री पेमा डोल्मा मोक्तानले आफ्नो आपको सम्मानमा बिल्कुलै नया सेलो गित `मोक्तान आपाला ङा जामे´ बोलको गितको म्युजिक भिडियो सार्बजनिक गर्नु भएको छ ।

२०५० सालमा सिन्धुली दुम्जा ग्याम्पाटार मा आपा खड्ग बहादुर मोक्तान र माईली तामाङको कोखमा जन्मिनु भएका मोक्तान सानै उमेर देखि नै गित सङ्गित भनेसी हुरुक्कै हुने गितसङ्गितमा औधी रुचि राख्ने श्रष्ठा हुन । मोक्तान हाल रोजगारीको सिलसिलामा परदेशमा हुनुहुन्छ । परदेशमै रहे पनि आफ्नो धर्म कला सस्कार सस्कृति गित सङ्गितलाई मनै देखि माया गर्ने मोक्तानको शब्दमा रहेको यश गित पहिलो हो भने उहाले यो भन्दा अघि २ सेलो गित च्याङ्बाले होइ च्याङ्बाले र अरे हो याङ्जिमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसक्नु भएको छ । उहाको शब्दमा सिर्जित यश गित सिन्धुलिको बसेरि ग्यम्पाकर लगायत काभ्रे आसपासका रमणीय स्थलहरुमा सुटिङ भएको यस गितमा रशिला ज्ञानेन्द्रलाई फकाउने कोशिष गर्छ र अन्तमा आफ्नै पार्छ पनि सङ्गै भिडियोमा गोकुलको कमेडिले भिडियोलाई सुनमा झन सुगन्द थप्ने काम गरेको छ ।

मोक्तानको यो गित सङ्गै उहाको रचनामा दुईवटा सेलो गित साथै अन्य गितहरु पनि आउने क्रममा रहेको बताउनु भएको छ । गितसङ्गितलाई पुजा गर्ने मोक्तान गित सङ्गीतमा आगामी दिनमा अझ राम्रा राम्रा गित सङ्गितले स्रोता दर्शकको माया पाउनेमा बिस्वस्त पनि हुनुहुन्छ । पछिल्लो समयमा गित सङ्गितमा प्रतिस्पर्धा भएपनी आफ्नी क्षेत्र बाट सक्दो राम्र गर्ने कोशिस रहने मोक्तान बताउनु हुन्छ ।

ह्याङ्ला को म्हेन्दो मिडिया हाउसको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गितमा पेमा डोल्मा मोक्तानको शब्द रहेको छ भने चर्चित गायक तथा संगीतकार विशाल काल्तानको सङ्गीत रहेको छ । सुनिल मोक्तानको निर्देशन रहेको यस गितमा सुमधुर स्वरका धनी चर्चित गयीका जितु लोप्चनको स्वर रहेको छ । केशव अधिकारीले छायांकन गर्नु भएको गितमा ज्ञानेन्द्र तामाङ, रशिल तामाङ र हास्यकलाकार गोकुल लामाको मुख्य अभिनय रहेको छ भने ह्याङला को म्हेन्दो मिडिया हाउसका साथिहरुले कोरसमा साथ दिनु भएको छ ।

यश गितलाई दिपेश प्रधानले एरेन्ज तथा मिक्सिङ गर्नु भने, सुरेश काफ्लेले ड्रोन क्यामेरामा सहयोग गर्नु भएको छ । मेकबहादुर थापाले सम्पादन गर्नु भएको यश भिडियोलाई इन्दा योन्जन तामाङ र ङेमा दोर्जे तामाङ्ले सल्लाह सुझाब दिनुभएको छ ।
भिडियो:

थप समाचारहरु

Latest News