तामाङ चलचित्र सेर्कु लाई युनिभर्सल सर्टिफिकेट, भोली राष्ट्रिय नाँचघर जमलमा च्यारिटो शो हुँदै
September 14, 2018 | Gyanlama | 4:42 pm


ज्ञान लामा
तामाङ भाषाको चलचित्र ‘शेर्कु’ लाई केन्द्रीय चलचित्र जाँच समितिले नेपालभर प्रदर्शन गर्न स्वीकृत दिएको छ । फिल्म सबैका लागि जुनसुकै उमेरकाले हेर्न सकिने ‘युनिभर्सल प्रमाणपत्र’ पाएको छ । तामाङ चलिचित्रले युनिभर्सल प्रमाणपत्र पाएको पहिलो तामाङ चलचित्रमा ‘शेर्कु’ ले नाम लेखाएको छ ।यस चलचित्रको च्यारिटी भदौ ३० गते दिउँसोको १ बजे राष्ट्रिय नाँचघर हुने भएको छ । तामाङ कला संस्कृति तथा रितिरिवाज बोकेको यस चलचित्रले तामाङ समुदायको मन जित्न सफल हुने विश्वास निर्माण पक्षले लिएको छ ।

धेरै बर्षपछि तामाङ चलचित्रमा नगरीमा फर्केकी चादनी मोक्तानसंगै सैलुङ्ग अनलाइनको अध्यक्ष श्यामलाल लामालाई सशक्त मुख्य भूमिकामा देखिने सकिने निर्माण पक्षले बताएका छन् । चलचित्रमा नायकको भूमिकाको रुपमा ऋतुराज पाख्रिनलाई पनि दर्शकहरुले देख्न सकिनेछ। चलचित्रमा नयाँ अनुहार २०१८ को मिस तामाङ सहभागी उर्मिला वाईबालाई नायिका रुपमा चलचित्रमा देखा पर्दैछिन् ।

अन्य कलाकारहरु सुष्मा थिङ, सुष्मा मोक्तान ,खलनायक विकास ग्याबा,मुस्कान ग्याबा, गायक बैरागी मोक्तान, निम्बा रुम्वा,योगेश मोक्तान ,किरण तामाङ, गोपीराम तामाङ र निर्देशक राजकुमार मोक्तान लगायत कलाकारहरुको बेजोड अभिनय रहेको । चलचित्रमा दुई ओटा मात्र गीतलाई समावेश गरिएको छ । तामाङ सस्कृति झल्किने डम्म्फुरे गित रहेको यस गीतको शब्द जीवन बोम्जन तामाङ र संगीत आर बि लामा सिङ्गदनको रहेको छ ।

त्यस्तै टाइटल गीतमा शब्द/संगीत निर्देशक मोक्तान आफैले गरेका छन् । सेम ताबा म्ही निर्माण गरेका निर्माताद्वय सिदार्थ मोक्तान र राजकुमार मोक्तान यस चलचित्रको निर्माण गरिएको हो । चलचित्र पृथक ढंगले दर्शक माँझ आउने पनि बताएको छ। सह-निर्मातामा निमा दावा तामाङ (रुम्बा) र तेञ्जिङ्ग शेर्पा (य्हाल्मो ) छन् । सम्पादन ,छायाङ्कन र कोरियोग्राफी रोशन फ्युबाको र कथा पटकथा एवं संवाद नायक ऋतुराज पाख्रिनको रहेको छ ।

थप समाचारहरु

Latest News