राहत शिक्षकहरुको आन्दोलनका कारण काभ्रेमा पठानपाठन ठप्प !!!
September 12, 2018 | Gyanlama | 3:39 am

रचना मोक्तान काभ्रे
देशभर रहेका राहत शिक्षकहरुको आन्दोलनले आज दोस्रो दिन पनी काभ्रेका सरकारी विद्यालयमा पठानपाठन ठप्प भएको छ । राहत शिक्षक सङ्गठनले हिजो देखि देशभर तीन दिनसम्म शैक्षिक हड्ताल, विद्यालय बन्दको घोषणा गरे अनुसार हिजो र आज काभ्रेको डाडापारी क्षेत्र, तिमाल गाउँ पालिका र अन्य क्षेत्रमा पनि विद्यालय बन्द रहेको तिमाल गाउँ पालिका बाट राहत शिक्षक संगठन संयोजक डुवाङ लामाले जानकारी दिनु भएको छ ।
राहत शिक्षकको मागलाई सम्बोधन नगरे चर्को आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ । यस्तै राहत शिक्षकको आन्दोलनलाई समर्थन छुट अस्थायी करार शिक्षकहरुले समेत समर्थन गरेको जानकारी दिएको छ । नेपाल राहत शिक्षक समितिले राहत शिक्षकहरुलाई एकमुष्ठ स्थायी गर्नका लागि संघीय ऐनको व्यवस्था गर्नुपर्ने, स्थायी प्रकृया पूरा गर्न शिक्षा नियमावलीले गरेको व्यवस्थाको स्वामित्व ग्रहण निर्माणाधिन ऐनले ग्रहण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी गराउने क्रममा उमेरको हदबन्दी हटाउनु पर्ने र शिक्षकमाथिको विभेद अन्त्य गर्नुपर्ने ४ सूत्रीय माग राखी आन्दोलनमा रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ ।
यस्तै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा राहत अनुदानमा कार्यरत शिक्षकको आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव वैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तिमा निकट भविष्यमा संसदमा पेश हुने शिक्षा विधेयकले पनि राहत शिक्षकको माग सम्बोधन गर्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरेर नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरिएको छ ।

थप समाचारहरु

Latest News