आफ्नो जन्मदिनको अवसरमा नायक तथा कथा÷पटकथा लेखक ऋतुराज पाख्रीनद्धारा दुबै मृगौला पिडीत अमिन सिंतानलाइ ११,१११ रुपीयाँ हस्तानतरण
September 12, 2018 | Gyanlama | 2:49 pm


ज्ञान लामा
विगत डेड दशक देखी तामाङ चलचित्र जगतमा अनवरत रुपमा लागी पर्नु भएका, तामाङ चलचित्र जगतका अविभावक कल्चर नायक तथा कथा÷पटकथा लेखक ऋतुराज पाख्रीनले आज आफ्नो जन्म दिनको अबसरमा हरेक दुख र आपतकालीन अबस्थामा रोइरहनेहरुलाई मध्यनजर गर्दै मकवानपुर जिल्ला वाग्मती गाउँपालिका वडा नम्बर ८ ठोटरी खोला घर भइ हाल भक्तपुर सुर्य्बिनायक नगरपालिका ६ नम्बर वडा चुनदेवीमा वस्नुहुने लालबहादुर सिंतानको छोरा दुबै मृगौला बिग्रीएर उपचाररत २१ वर्षको अमिन सिंतानलाइ एघार हजार एक सय एघार (११,१११) रुपैया सहयोग गर्नु भएको छ ।

पाख्रीनले आफ्नो जन्म दिनको अवसरमा दिन दुखीलाइ यसरी सहयोग गर्न पाउँदा निकै अनन्द लागेको पनि फेसवुक मार्फत वताउनु भएको छ । साथै उहाँले आफ्नो आउने जनम दिनहरुमा यस्तै पुण्याको कार्यमा सधैँ अघि वढिरहने प्रतिवद्धता जनाउनु भएको छ ।

पाख्रीनको कथा/पटकथा तथा अभिनय रहेको तामाङ कथानक चलचित्र र्शेकु यही भदौ ३० गते राष्ट्रिय नाचघरमा विशेष प्रर्दशन हुदै छ । प्रर्दशनको सम्पुर्ण तयारी समाप्त भएको पनि नायक ऋतुराज पाख्रीनले वताउनु भयो ।

थप समाचारहरु

Latest News