तामाङ कथानक चलचित्र प्राङ्ना धमाधम सुटिङ हुदै !!!
September 8, 2018 | Gyanlama | 4:40 am

ज्ञान लामा, सिन्धुपाल्चोक चौतारा
तामाङ कथानक चलचित्र टाङ्जिम बोर्जी, म्हुइ भालो लागयत दर्जनौं गित सङ्गितमा आफ्नो अभिनय, निर्देशन गरिसक्नु भएका विशेष गरि म्हेन्दोमाया गित सङ्गितमा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएका दर्जनौं उपाधिले सम्मानित ब्यत्तित्व राज किङ वाईबाको कथा तथा निर्देशनमा तामाङ कथानक चलचित्र प्रङ्ना `गरिब´ यति बेला नुवाकोटको भाल्छे क्षेत्रमा धमाधम सुटिङ भैरहेको छ । यो चलचित्र बिशेष गरेर नुवाकोटको भाल्छे देखि धादिङको सिङ्ला सम्म सुटिङ गरिने निर्देशक वाइबाले जानकारी दिनु भएको छ । चलचित्र नुवाकोट धादिङ क्षेत्रका यथार्थ घटनालाई पर्दामा उतार्ने निर्माण पक्षले जनाएको छ । गरिबको जिन्दगी कसरी गुज्रीन्छ यो नै कथाको मुख्री विषय बस्तु रहेको छ । चलचित्र सकेसम्म छिट्टै दर्शक सामु ल्याउने निर्माण पक्ष्यले जनाएको छ ।

चलचित्रमा राज किङ वाइबाको कथा तथा निर्देशन रहने छ भने गित सङ्गितको जिम्मा सागर एस वाइबा र युबि मोङ्ग्रेसाले सम्हाल्नु भएको छ । चलचित्रमा राज किङ वाइवा, विगेन्द वाईवा, लिला तामाङ, लामा भाई, जोङ्बा कान्छा, विना घले, गोपाल, रेशा, सरमाया, बनु, सोनि बुद्धिमान लागायतका कलाकारहरुलाई प्रमुख भुमिकामा देख्न सकिने भएको छ ।

थप समाचारहरु

Latest News