अबको एक हप्ता पछि राष्ट्रिय नाचघरमा तामाङ कथानक चलचित्र शेर्कु !!!
September 8, 2018 | Gyanlama | 12:52 pm


ज्ञान लामा
पछिल्लो समयमा विवाद र अनेकौं सास्ती खेप्दै आएको बहुप्रतिक्षित तामाङ कथानक चलचित्र सेर्कु भदौ 30 मा प्रदर्सन गर्ने सम्पुर्ण तयारि सम्पन्न भएको छ । हुन त यो फिल्म सुटिङ हुनु अघि देखी नै चर्चा परिचर्चा सुन्दै र हेर्दै आइरहेको थियो। यो चलचित्र विशेष तामाङ समुदायको बिशुद्ध मौलिक कल्चरलाई आधार मानी बनाएको देख्न सकिन्छ। यो फिल्मको ट्रेलर हेरेर थाहाँ हुन्छ कि ! यो चलचित्र एकदमै पुरानो शैली, पुरानो परिवेश र पुरानो कल्चरमा बनेको हो भनेर सहजै अड्कल लगाउन सकिन्छ। ट्रेलर हेर्दा जो कोहि पनि फिल्मको प्रतीक्षामा रहेको अनुमान गर्न सकिन्छ।जहाँसम्म फिल्मले आम श्रोता दर्शकको मन जित्न सकिन्छ भन्ने हाम्रो पनि ठम्याइ छ। विशेष त यो फिल्ममा कलाकारहरूको छुट्टाछुट्टै क्यारेकटरले सबैको मन तानेको छ। गीत/संगीतले त्यतिकै चर्चा पाएको छ। आशा छ भदौ 30 गते राष्ट्रिय नाचघर जमलमा हाउस फुल हुने छ।सेर्कु टीमलाई सफलताको सुभकामना छ ।

राज कुमार मोक्तानले निर्देशन तथा निर्माण गरेको चलचित्रमा नायक ऋतुराज पाख्रीन, नायिकाहरु चाँदनी मोक्तान, उर्मिला वाईबा, सुस्मा थिङ, सुस्मा मोक्तानका साथै विकास स्याङ्तान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेका छन् । त्यसैगरी चलचित्रमा राज कुमारसँगै सिद्धार्थ मोक्तानको पनि निर्माण रहेको छ भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मोको सह–निर्माण रहेको छ ।

ऋतुराज पाख्रिनको कथा लेखन रहेको चलचित्र ‘सेर्कु’को छायांकन र सम्पादन रोशन फ्युबाले सम्हाल्नु भएको छ भने, पास्र्व ध्वनीको काम पवन वाङले गर्नु भएको छ । जीवन बोम्जन र राज कुमार मोक्तानको शब्द, रचनामा तय भएको गीतमा आर बि लामा र राजकुमार मोक्तानले संगीत भर्नु भएको छ भने जितु लोप्चन, अमृत लामा र आर बि लामाले स्वर बद्द गर्नु भएको छ ।
सम्वन्धित भिडीयोहरु:

थप समाचारहरु

Latest News