पागल भएको अवस्थामा भेटियो ऋतुराज पाख्रीन कारण के हो त ?
September 3, 2018 | Gyanlama | 9:11 am


ज्ञान लामा, सिधुपाल्चोक चौतारा
नाम जुरे देखिनै विवाद खेप्दै आएको तामाङ कथानक चलचित्र शेर्कुले आज आफ्नो अफिसियल ट्रेलर ल्हाप्साङ्कार्पो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । चलचित्र शेर्कु कहिले नामको सवालमा, कहिले गितको सवालमा त कहिले समाचार सम्प्रेषणको सवालमा बिबाद खेप्दै आईरहेको चलचित्र हो । बिबादले गर्दा चलचित्रलाई आफ्नो प्रचारप्रसारका लागी झनै थप राहात पुगेको चलचित्रका नायक, कथा तथा पट्कथा लेखक रितुराज पाखृन बताउनु हुन्छ ।

सार्बजनिक ३ मिनेट १५ सेकेन्डको ट्रेलरमा अहिलेका हट केक नायिका सुस्मा मोक्तान र सुस्मा थिङलाई अपाङ्गको भुमिकामा प्रस्तुत गरिएको छ भने बाकी के होला भन्ने प्रश्न उठेको छ, जस्ले गर्दा ट्रेलरलेनै दर्शकको चलचित्र हेर्ने दिन्को प्रतीक्षाको धड्कनको बेग बडाईदिएको छ । करिब सात आठ बर्ष पछिको तामाङ चलचित्रमा कमब्याक गरेको नायिका चादनी मोक्तान र श्याम योन्जनलाई ट्रेलरले एकार्कालाई जिबनसाथिको भुमिकामा प्रस्तुत गरिदिएको छ । ट्रेलरमा बिकाश स्याङ्तानलाई साचो माया बिचको दुश्मनीको रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा अचम्मको कुरो यो छ की उर्मिला र रितुको जोडिलाई बिकाशले छुटाउन सफल भएको छ तर बिबाह पनि भएको छ रु र अन्तमा पागल भएको अबस्थामा रितुलाई देखाईएको छ रु खास कुरो के हो त रु एट्रेलरमा अजै पनि पुष्टि भएको छैन कि शेर्कु भनेको के हो र को हो रु यी सबै प्रश्नको उत्तर थाहा पाज्नको लागी भने भाद्र ३० गते राष्ट्रिय नाचघर जमलामा पुग्नु पर्ने हुन्छ ।

प्रिन्स मुभिज एन्ड एक्स्ट्राभेगान्जा प्रा लि को ब्यनरमा निर्मित सेर्कु यही भदौ ३० गते बिशेष प्रदर्शन हुने पक्का भएको छ । ल्हाप्सङकार्पो मुजिक सेन्टर्मा अन्तिम पोस्ट प्रोडक्सनको काम भाईरहेको छ । राज कुमार मोक्तान को निर्देशन मा सिद्धार्थ मोक्तान , राजाकुमार मोक्तानको निर्माणतथा निमा दवा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मोको सह निर्माण मा बनेको सेर्कु को कथा लेखन ऋतुराजपाख्रिन पाख्रिनको रहेको छ भने रोशन फ्युबा ले छायांकन र सम्पादन र पवन वाङ ले पार्स्व ध्वानीको कार्य सम्हालेको छ ।

ओखलढुङ्गा जिल्लाको बेल डाँडा वारीपरिका तामाङ मिथ हारुलाई आधार बनाएर निर्माण गरेको सेर्कु अरु चलचित्र भन्दा निर्माण र कथामा फरक पक्कै छ । तामाङ् चलचित्र क्षेत्रका चर्चित कलाकारहरुलाई नै फरक पात्रमा उतारेको सेर्कुमा नायिका चाँदनी मोक्तान, नायक ऋतुराज पाख्रिन, नायिकाहरु सुश्मा थिङ, सुस्मा मोक्तान, उर्मिला वाइबा, त्यस्तै चर्चित खलनायक बिकास स्यङ्तान, श्याम लाल योन्जन, बैरागी मोक्तान, मुस्कान तामाङ्, योगेस मोक्तान, किरण तामाङ्, गोपिराम तामाङ्, निमा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

थप समाचारहरु

Latest News