कलेजो पीडित कर्ण मोक्तानको सातौ दिनको पुन्य तिथीमा जे पि मोक्तानको संयोजकत्वमा उठेको रकम परिवारलाई हस्तान्तरण
August 31, 2018 | Gyanlama | 12:47 am

कलेजो पीडित कर्ण मोक्तानको उपचारको क्रममा मृत्यु भएको हिजो सातौ दिनको पुन्य तिथीमा उहाँको नाममा जममा भएको रकम मृतकको घर नमोबुद्द नगरपालिका वडा न ५ कानपुर डाडागाउ ९ गाङनाम्सा० मा परिवारलाई हस्तानतरण गरिएको छ । कुर्दिस्थान इराकमा अभियान चलाउनु हुने जे पि मोक्तान ९ जम्बला ० को संयोजकत्वमा उठेको रकम हिजो एक समारेहका विच परिवारलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रम उक्त रकम जे पि मोक्तानको बुबा बिराज मोक्तानको हातबाट मृतक पत्नी को हातमा हस्तान्तरण गरिएको हो । जुन कार्यक्रममा दिया मिडियाको सन्चारकर्मी दिपक, कलेजो पीडित बचाउ अभियानको संयोजक गुनराज मोक्तान , कोष अध्यक्ष अक्कल ग्लान, सचिव प्रकाश लामा, सदस्य मनिक लामा, बिस्नु लामा , चाइल्ड स्पेस फाउन्डेसन अध्यक्ष टासी लामा , अभियन्त रचना मोक्तान लगायत गाउलेको उपस्थितमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिरामीको मृत्यु पश्चात् उक्त रकम तीन लाख अठ्ठाइस हजार दुई सय बहत्तर रुपैयाँ नबालक नानी बाबुको पढाइ खर्चको लागि भनेर हस्तान्तरण गरियो ।
थप जानकारीको लागी तल भिडियो हेर्नुहोला

थप समाचारहरु

Latest News