सप्तरङ्गी सुनौलो ग्रुपद्धारा नवलपुर २ को श्री बालहित प्राथमिक विद्यालयमा कोष स्थापना साथै छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सम्पन्न
August 2, 2018 | Gyanlama | 4:15 am


ज्ञान लामा सिन्धुपाल्चोक, चौतारा
सामाजिक संजाल फेसबूकबाट समूह बनाएको सप्तरङ्गी ग्रुपले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति प्रदान गरेको छ । सप्तरङ्गी सुनौलो ग्रुपले सामाजको उत्थान, सभ्यताको पहिचान उत्पीडितको प्रोत्साहन, हाम्रो अभियान भन्ने मुल नाराको साथमा बालबालिकाको उज्ज्वल भविष्यको लागि हुब्सेकोट २, नवलपुर को श्री बालहित प्राथमिक विद्यालयमा वुधवार कोष स्थापना साथै छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । हुब्सेकोट गाउपालिकाको बिगट मानिएको ओडा नम्बर २ मा रहेको बाल हित आधारभुत बिद्यालयका करिब ५० जनालाई बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम कुमार थापाको अध्यक्षता एव हुब्सेकोट गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम बहादुर क्षेत्री पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यसै गरि कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु हुँदै सप्तरङ्गी सुनौलो ग्रुपका संयोजक राम जि थापा मगरले फेसबूकलाई सहि सदुपयोह गरेमा समाजमा बिकास तथा सचेतना कार्य गर्न सकिने भन्दै बिपन्न बालबालिका तथा जेहेन्दारलाई यो अत्यावश्यक रहेको बताउनु भयो । उहाले विभिन्न परिबर्तनशिल कार्यहरु गर्दै समाजलाई सकारात्मक दिशा तर्फ डोर्‍याउन सकिने पनि बताउनु भयो । बालबालिकालाई भोलिका देशका कर्णधारका रुपमा हेर्दै उहाँले बाल्य अबस्थामा पडाईलाई सहज बाताबरण उत्पन्न गराउन सबैको कर्तव्य भएको समेत बताउनु भयो ।

बर्तमान समयमा सामाजिक संजाल फेसबूक बाट संकलन भएको रकम सप्ततङ्गी सुनौलो ग्रुपले समाजमा उदाहरणीय र परिवर्तन मुखी काम गरेको सहभागिहरुले बताएका छन । बड्दै गएको सामाजिक संजालको बिकृतिलाई मात्र मध्यनजर नगरी यसले समाजमा पुर्याउने योगदान तिर पनि सबैमा ध्यान पुग्नु पर्ने सहभागिहरुको जोड रहेको थियो । कार्यक्रममा सुनौलो ग्रुपका सदस्यहरु दुर्गा डेगा मगर, पुजा थापा मगर, उर्वशी रानामगर, बिद्यालयका विद्यार्थीहरु अविभाबकहरुको उल्लेख उपस्थित रहेको थियो । होप्सेकोट वडा २ का देब बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रम सन्चालन बालहित आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा हुप्सेकोट ३ निवासी निरु गाहा मगरबाट रु ५००, पुनजागरण अपांग सस्थाको अध्यक्ष हुप्सेकोट ३ निवासी राजेन्द्र पाण्डेबाट रु ५००, समाजसेवी सोही गाउको भिम बहादुर सिङ ठकुरी बाट ५०० सहयोग प्राप्त भएको थियो ।यसै गरि कार्यक्रममा सप्तरङ्गी सुनौलो ग्रुप बाट नै रु १५ हजार को सहयोगमा बिद्यालयमा अक्षयकोष स्थापना पनि गरिएको छ ।

थप समाचारहरु

Latest News