चर्चित गायीका शसिकला मोक्तानको परदेशीको कथा समेटिएको अर्काे र्ममस्र्पशी गीत छिट्टै वजारमा आउँदै
July 17, 2018 | Gyanlama | 3:30 am

ज्ञान लामा (Star Online Media)
सिन्धुपालचोक चौतारा
दोखाङ मिडियाको प्रस्तुतिमा सन्जोक वाइवा तामाङको तामाङ सेलो दोहारी गीतको म्युजीक भिडियो छिङै वजारमा आउने भएको छ । केही समय पछि सुटिङ हुन लागेको यो गीत तामाङ सांगितिक जगतमा पर्देशीको कथा वोकेकोे तामाङ सेलो दोहोरी हो । नेपालीहरुको वास्तविक कथा वस्तु यस गीतमा समेटिएको छ । देशमा रोजगारीको अभाव आफ्नो जन्म भुमि आफ्नो जीवन साथी वुवा आमा छोडेर अरुको देशमा जानु पर्दाको पिडा र विदेशमा भोग्नु परेको यर्थाथ कथा वस्तुलाई यस गीतमा प्रस्तुत गरिएको छ, साथै गाँउ घरकै झझल्को दिने गरी परदशमै छायंकन गरिने भएकोे छ ।


यो गीत हेरिसके पछि नेपाली दाजुभाई दिदिवहिनीले नेपालमै वसेर परदेशको दुःख पिडा महशुस गर्न सक्ने यस गीतका निर्देशक शम्भु मोक्तन वताउनुहुन्छ । यो गितले दर्शकलाई कति रुवाउछ दर्शकले कति मन पराउछ त्यो भने हेर्न वाँकी छ ।

विशाल स्याङ्तानको शव्द रहेको यस गीतमा अमृत लामाको संगीत तथा सन्जोक वाईवा र शसिकला मोक्तानको आवाज रहेको छ । नायक तथा मोडल शम्भु मोक्तानको निर्देशन रहने यस गीतमा शम्भु मोक्तान आफै मुख्य भुमिकामा देखिने भएको छ भने कविता लामाले उहाँलाई साथ दिनु भएको छ ।

कोष वोम्जन तामाङले छायंकन गर्नुहुने यो गीत छिट्टै वजारमा ल्याउने तयारी भएको निर्देशक मोक्तान वताउनु हुन्छ ।

थप समाचारहरु

Latest News