प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट
July 14, 2018 | Gyanlama | 11:40 pm


विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।
प्रियंका र आयुष्मानको प्रेम मात्र हो, बिहे गर्दैनन् भन्नेहरुका लागि इन्गेजमेन्टले मुख थुनिदिने पक्का छ । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, पक्का भएको छैन । यो बिषयमा नायिका कार्कीसँग वुझ्न खोज्दा उनको फोन उठेन ।

थप समाचारहरु

Latest News