नाङसालको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मिक्साङ वाइबा
July 8, 2018 | Gyanlama | 4:14 pm


ज्ञान लामा
नाङसाल क्लब नेपालको चौथो अधिवेशन सम्पन्न भएको छ । राजधानीको ठमेलस्थित अतिथि सत्कार रेस्टुरेन्टमा शनिवार सम्पन्न अधिवेशनले मिक्साङ वाइबा तामाङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले क्लबको उपाधयक्षमा डुप्साङ तामाङ, रत्नकुमार दोङ, महासचिवमा राम बि लामा लग्र्याङ, सचिवमा मिथिला स्याङ्तन र मिथिला स्याङ्तनलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा छत्र तामाङ नै पूर्ण अर्को कार्यकालका लागि समेत दोहोरिएका छन् । सदस्यहरुमा दुर्ग तामाङ, चन्द्र तामाङ, राज मोक्तन, शम्भु तामाङ, सुनिता लामाखोर, शान्ति बल तामाङ, शुसीला तामाङ, विजय तामाङ, राजु ब्लोन, लोप्साङ तामाङ, ज्ञान लामा थोकर, पेम्साङ तामाङ, पुष्पान्जली तामाङ, चनिका तामाङ, सिर्जना तामाङ, सबिता तामाङ, सोनी तामाङ र कृष्मा तामाङ चनिएका छन् ।


प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङका कोषाध्यक्ष रुपबहादुर योन्जन, नेपाल तामाङ सँस्कृति घेदुङका महासचिव प्रविण बल, लेखक दुप्वाङ्गेल मोक्तन, बरिष्ठ सन्चकर्मी तथा साहित्यकार फुलमान बल तामाङ, तामाङ पत्रकार संघका अध्यक्ष विष्णु मोक्तन लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति तामाङले तामाङ भाषा र सँस्कृति उत्थानका लागि सबै एकजुट भइ अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सरकार सबै जातिको भाषा धर्म र सँस्कृति संरक्षणका लागि प्रतिवद्ध रहेको भन्दै उहाँले तामाङ समुदायको अधिकार र पहिचान स्थपित गर्नका लागि कानुन निर्माण तथा सबै प्रक्रियामा आफू निरन्तर लागिपर्ने प्रतिवद्धता समेत जनाउनु भयो । यस्तै घेदुङका कोषाध्यक्ष योन्जनले तीन नम्बर प्रदेशको नाम नेवाःतामसालीङ राख्ने कुरामा लगभग सहमति भएको बताउनु भयो । त्यसका लागि आफूहरु निरन्तर सम्बादमा रहेको योन्जनको भनाई छ ।

थप समाचारहरु

Latest News