खनियावास विद्रोहबारे डिस्कोर्स सम्पन्न
July 8, 2018 | Gyanlama | 4:33 pm

तामाङ सामाज, सांस्कृति र रिवाजबारे हरेक अंग्रेजी महिनाको पहिलो शनिवार डिस्कोर्स सञ्चालन गर्दै आइरहेको एससिआरसीले यसपटक एक समय चर्चामा रहेको खनियावास विद्रोहबारे नेपाल तामाङ घेदुङको सभाहलमा डिस्कोर्स सञ्चालन गरेको छ । कार्यक्रममा पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन गान्वा रहनु भएको थियो । सो कार्यक्रममा विगत लामो समयदेखि तामाङ लोकसाहित्यका खोज तथा अनुसन्धान गरिरहेका गोपाल फ्युवाले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

प्रस्तुतिको क्रममा तामाङ राज्य कब्जा, गुठी विर्ता वितरण, आर्यहरुको प्रवेश, खनायोको बोटमुनि बास दिएको, जालझेल गर्दै फन्दामा पारेको, सेक्केलाई चोर आरोप, धान चोर आरोप, विद्रोहको प्लट, शोषणका घटनाहरु, अवज्ञा, वाहिरी अन्नमा कब्जा, पशुधनमा कब्जा, मेलमिलाप प्रयास, पुलिस कुटपिट, भकारी फोर्ने, पक्राउ, जेल, रिहाइको माग, शरणार्थीको आन्दोलन, विगो भराउ माग, पञ्चायती कू, पुन पक्राउ र जाझबुझ विशेष अदालतको निर्णय आदि विषयमा चर्चा गर्नुभएको थियो । इतिहासको गर्तमा विलिन हुन लागेको विषयलाई उठान प्रस्तुतकर्ताले गर्नुभएको थियो । विभिन्न व्यक्ति व्यक्तित्वहरुसँगको भेटघाट, अन्तर्वार्ता, भिडियो, अडियो, सन्दर्भसामाग्रीहरुको आधारमा स्लाइडद्वारा प्रस्तुति दिनुभएको थियो ।

प्रस्तुति पश्चात ज्योतिलाल वन, थुप्देन लामा, अमृत योञ्जन, बुद्धछिरिङ, हरिचरण साह लगायतले सुझाव तथा केही अस्पष्ट विषयमा प्रश्न राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा गान्वा पाख्रिनज्यूले कार्यक्रम प्रभावकारी रहेको र विगतको इतिहासबाट प्रेरणा लिदै अहिलेको पुस्ताले स्पष्ट मार्ग लिनुपर्ने बताउनु भयो । सहभागीहरुले कार्यक्रम उपलब्धीमूलक रहेको तथा विषयको गहिराइमा पुग्न आगामी कार्यक्रमहरुमा पनि खनियावास विद्रोहबारे चर्चा गर्नु पर्ने बताएका छन् ।

खनियावास विद्रोहको घटनाक्रम
 सन् १७६८ सम्ममा गोर्खालीले सबै तामाङ राज्यहरु नियन्त्रणमा पारे ।
 दरबार निकटस्थहरुलाई जागिर, बिर्ता वा गुठीको नाममा वितरण गरे ।
 जनमानसमा राजा ई जिमिन यानेकी राजाको जमिन भन्ने बुझाइमा पुगे ।
 प्युठान हुँदै सत्यदेवीमा वास माग्न रिजाल आइपुगे ।
 खनायोको बोटमुनि वास दिए ।
 बिस्तारै आर्यचेत लगाउदै गए । जग्गा जमिन अधिया गर्ने, मित लाउने आदि
 हैकम जमाइ मेजर पदवी राजाले दिएको र प्रतिनिधि रहेको बताए ।
 शोषणको बिभिन्न जालो बिछ्याए । –मुखियाहरुलाई प्रभाव पारेर
 सेक्केलाई चोरी आरोपमा मरणासन्न हुनेगरी कुटपिट र ६००० को तमसुक
 सेक्केले प्रतिकार अभियान
 पुतली तामाङलाई धान चोर आरोपमा नांगेझार
 सेक्केले भैसी ल्याइ काट्नु
 दामनको परिवारमा मुद्धाको आतंक
 दामनको आगमन २०१७ कार्तिक १४
 कुटपिट २०१६ कार्तिक १५ देखि
 बाहिरी अन्न नियन्त्रण २०१६ पौष २५ लगातार ३ दिन
 गृह स. मन्त्रीको रोहवरमा मेलमिलाप २०१६ माघ
 शान्ती सुरक्षामा गएका पुलिस कुटपिट २०१६ फागुनताका
 निषेध आज्ञा र विशेष अदालत गठन गरिने घोषणा २०१६ चैत्र १५
 पुलिस कुटपिटमा सम्लग्नहरु पक्राउ
 निषेधाज्ञा फिर्ता र पक्राउ परेकाहरुको रिहाइ २०१७ जेठ १८
 घरपसेको २०१७ असार
 कमिस्नर विष्णुमणि र सैनिक सचिव शेरबहादुर गाउँ प्रवेश ।
 राजदरवारमा बिन्तिपत्र २०१७ श्रावण १४
 शरणार्थीहरुको आन्दोलन तथा पक्राउ २०१७ भदौ २७
 शरणार्थीहरु रिहाइ २०१७ असोज ४
 शरणार्थीहरु प्रायः फिर्ता
 राजा महेन्द्रको कू २०१७ पौष १
 आरोपितहरु पुनः पक्राउ
 रिहाइको माग, विरोध र धरपकड २०१७ फागुन (२२ जना २ महिना र अन्य केहीले ९ महिना जेल)
 आरोपित ४४३५ जनांको अन्तिम सुनुवाइ २०१९ वैशाख १५

थप समाचारहरु

Latest News