‘कहिँ कतै’ को तीन पोष्टर सार्वजनिक
July 5, 2018 | Gyanlama | 11:46 am


चलचित्र ’कहिँ कतै’को तीन पोस्टर सार्वजनिक भएका छन् ।
साउन २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको पोष्टरमा नायक दीलिप रायमाझीको साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपा फिचर्ड छन् । एक पोष्टरमा नायक किशोर खतिवडा र निर्मात्री तथा नायिका उमा गिरीलाई पनि समेटिएको छ ।
सिवानी र सोनमको यो डेब्यु चलचित्र हो ।
चलचित्रमा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

चलचित्रलाई सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

थप समाचारहरु

Latest News