सेर्कु फिल्ममा सुस्मा मोक्तान र सुस्मा थिङ्को भिडन्त !!!
July 4, 2018 | Gyanlama | 4:13 pm


ज्ञान लामा
भदौ ३० गते प्रदर्सनको तयारीमा रहेको तामाङ फिल्म सेर्कुको पोस्ट प्रोड्कसनको काम करिब अन्तिम चरणमा पुगेको छ।पछिल्लो समयमा यो सेर्कु फिल्म सामाजिक संजालमा निकै भाइरल हुदै आइरहेका छन।कहिले पहिरनमा विवाद,कहिले टाइटलमा विवाद,कहिले यो फिल्मको गीतमा विवाद हुदै विभिन्न समस्य झेल्दै आएको सुन्न सकिन्छ।यो फिल्ममा मुख्य कुरा अहिले पछिल्लो समयमा निकै चलेका दुई नायिकाहरु सुस्मा मोक्तान र सुस्मा थिङ्को महाभिडन्त चलिरहेको देख्न सकिन्छ।लडाइ झगडा/ हानाहान/ काटाकाट/ मारामारको भिडन्त नभएर उनिहरु सेर्कु फिल्ममा अभिनयमा भिडन्त गरेको देख्न सकिन्छ।

दुबै जनाले आफुहरुलाई कसरी दर्शकको अगाडि मन जित्न सकिन्छ , कसरी दर्शकलाई हल सम्म तान्न सकिन्छ? कसरी दर्शकहरुलाई भाबुक बनाउन सकिन्छ भनेर यो फिल्ममा एक- आर्कालाई तछाड-मछाड गर्दै निखार अभिनय गरिएको देख्न सकिन्छ।यसपटक उनीहरूले कुनै फिल्ममा नगरेको छुट्टै भुमिका सेर्कु फिल्ममा देख्न सकिन्छ । उनीहरुको प्रतिस्पर्धाको अभिनयमा नायक तथा कथाकार ऋतुराज पाख्रीनले साथ दिएका छ्न।कथा एकदमै मन परेको र छुट्टै भुमिकामा देख्न पाउने भएकाले आफुहरु सेर्कु फिल्ममा खेल्न एच्छुक रहेको दुबै सुस्मा बताउनु हुन्छ। सामाजिक कथा अनि तामाङ बिसुद्ध कल्चरमा आधारित रहेर तयार पारिएको सेर्कु फिल्मको कथा खोज अनुसन्धान गर्न करिब दुई बर्ष लागेको कुरा कथाकार ऋतुराज पाख्रीनले पहिले नै हामिलाई जानकारी गराई सक्नु भएको थियो।त्यसैले पनि होला यो फिल्म सबैको चासोको बिषय बनेको छ।

कथालाई कतिको न्याय दिएका छन, उनिहरुका कस्ता रोल छ्न! त्यो त फिल्म हेरे पछि छर्लङ्ग देखी नै हाल्छ्न।अब प्रतीक्षाको घडी नजिक आउदै छ,त्यो त फिल्म हेरे पछि थाहा भैइ नै हाल्छ।यस सेर्कु फिल्मलाइ राज कुमार मोक्तानले निर्देशनको जिम्मा सम्हालेका छ्न भने यस फिल्ममा चादनी मोक्तान, ऋतुराज पाख्रीन,सुस्मा मोक्तान, सुस्मा थिङ, उर्मिला लामा,बिकास स्याङतान, बैरागी मोक्तान, श्याम योन्जन,मुस्कान तामाङ, योगेश मोक्तान,किरण तामाङ गोपिराम तामाङ आदि कलाकारहरु रहेका छ।

थप समाचारहरु

Latest News