सेर्कु फिल्मकी नायिका उर्मिला लामा “वाइबा “चर्चाको शिखरमा !!!
June 30, 2018 | Gyanlama | 7:14 am

ज्ञान लामा
भर्खरै सुटिङ सकेर प्रदर्शनको तयारीमा रहेको तामाङ फिल्म सेर्कुकि नायिका उर्मिला लामा “वाइबा”को तारिफ र चर्चा बजारमा सुन्दै आइरहेको पाइन्छ ।सुन्दर मुहारकी धनी उर्मिलाको सेर्कु फिल्म नै पहिलो डेब्यु फिल्म हो।उनि मिस तामाङ २०१८ को सहभागी पनि हुन।

अहिले सेर्कु फिल्मको प्रदर्शन नहुदै उर्मिला लामाले छोटो समयमा नै आफ्नो नामलाई चर्चाको शिखरमा पुर्याइन।उनलाई सबैले मन पराउनुको कारण उस्को निखार अभिनय/डान्स / र सुन्दर मुहार नै हो भन्न अडकल बाजी गर्न सकिन्छ। हाल भर्खरै सार्बजनिक भएको सेर्कु फिल्मको गीतमा उहाको अभिनय र डान्स देख्न सकिन्छ। र जुन गीत हेरेर सबैले तारीफ गर्न योग्य र स्याबासी दिएको पाइन्छ ।जुन गीतमा अहिलेका तामाङ समुदायका चर्चित एक मात्र कथाकार ऋतुराज पाख्रीन संग पर्दाको स्क्रिनमा रोमान्स गरेको देख्न सकिन्छ।

आफुले राम्रो रोल / राम्रो टीम/ राम्रो ब्यानर र अग्रज कलाकारहरु सँग पहिलो चोटी सेर्कु फिल्ममा सगै काम गर्न पाउदा आफुलाई भाग्यमानी ठान्नुहुन्छ उर्मिला लामा।अर्को प्रश्न मा – यसरी एउटै फिल्म बाट त्यही पनि प्रदर्शन नहुदै रातारात चर्चामा आउछु होला भनेर कल्पना पनि गर्न नसकेको बताउनु हुन्छ। बिभिन्न आरोप/ प्रत्यारोप भोग्दै आइरहेको सेर्कु फिल्म यति खेर तामाङ समुदायले निकै चासोका साथ हेरिरहेका छन।
भदौ ३० गते राष्ट्रिय नाचघर जमलमा आम दर्शकहरु सेर्कु फिल्मको प्रतीक्षामा छ्न भने यस सेर्कु फिल्मलाई राज कुमार मोक्तानले निर्देशन गरेका छन भने चादनी मोक्तान/ ऋतुराज पाख्रीन/सुस्मा मोक्तान/ सुस्मा थिङ/उर्मिला लामा वाइबा/ बिकाश स्याङतान/ बैरागी मोक्तान /श्याम योञ्जन/ मुस्कान तामाङ / योगेश मोक्तान/ किरण तामाङ / गोपिराम तामाङ आदि कलाकारहरुको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस् :


थप समाचारहरु

Latest News