संचारकर्मी स्मारिका थिङ र नायक सागर घिसिङ एक आपसमा मायामा हराउदै !!!
June 29, 2018 | Gyanlama | 3:15 pm

ज्ञान लामा
सन्चारकर्मी समारिका थिङ र नायक सागर घिसिङद्वारा अभिनत तामाङ प्रेम गित `ए बिना ङा´ को म्युजिक भिडियो आज ल्हाप्साङकार्पो युट्युब च्यानल बाट सार्बजनिक भएको छ । सन्चारकर्मी स्मारिका थिङको यो पहिलो अभिनय हो भने नायक सागर घिसिङद्वार अभिनित तामाङ कथानक चलचित्र घ्रान सिघ्र प्रदर्शन को तयारिमा रहेको छ । पोस्टर सार्बजनिक हुँदै दुबैको जोडिलाई दर्शकले अत्याधिक रुचाएका थिए । पछिल्लो समय सन्चार्कर्मी स्मारिका थिङ हाम्रो टिभिमा आबद्द रहेर विभिन्न कलाकारहरुको अन्तरबार्ता लिदै आउनु भएको छ । छोटो समयमै अत्याधिक कलाकर्मिको प्रीय बन्न सफल स्मारिका यस गितबाट अझ बडि साथ सहयोग र हौसला पाउनेमा ढुक्क छिन । भिडियोमा दुबैको जोडिलाई सम्पुर्णले रुचाएको छ । भर्खरै सार्बजनिक गितको युट्युबमा भिओर्स पनि उतिकै मात्रामा बडि रहेको छ ।

तामाङ गित संगितको क्षेत्रमा शब्द संकलनमा अब्बल मानिएका चर्चित शब्द संकलक कुमार स्याङ्बाको शब्द रहेको यस गितलाई माया प्रेमको गितमा गाउन र संगित भर्न माहीर चर्चित गायक तथा संगितकार निमा दोङको सङ्गीत रहेको छ । यस गितमा अवाज भर्नु भएको छ चर्चित गायिका जितु लोप्चन र आर के योन्जनले । शब्दको मर्म अनुसारको सङ्गित र सङ्गीतको मर्म अनुसारको स्वर सङ्गै यी तिनै कुरालाई जिबन्त दिने काम गर्नु भएको छ, नायक सागर घिसिङ र संचारकर्मी स्मारिका थिङले । यस गितालाई छायांकन गर्नु भएको छ सुर्य लामा र दिपेन्द्र भट्टले । यस गितलाई सम्पादन नृत्य निर्देशन अजय स्याङ्तान गर्नु भएको छ भने पेम्बा तामाङ र छेसाङ तामङ ले संयुक्त रुपमा लगानी गर्नु भएको छ ।
भिडियो हेर्नुहोस :

थप समाचारहरु

Latest News